Comments Add Comment

सौन्दर्यका लागि : व्युटी प्रोडक्ट कि योगा ?

शरीरका विभिन्न भागलाई मुलायम र सुन्दर बनाई राख्नको लागि ब्युटी प्रोडक्ट र सर्जरी नै निर्विकल्प होईन । सुन्दर शरीरको लागि ब्युटी प्रोडक्टहरुको अर्काे विकल्प योग पनि हो । जुन डल स्किनबाट छुटकारा दिलाउनको लागि मुख्य कारक मानिन्छ ।

योगाले शारीरिक तन्दुरुस्तीसँगै हाम्रो सुन्दरतालाई पनि महत्वपूर्ण फाइदा गर्ने गर्छ । जानकारहरुका अनुसार दैनिक २० मिनेट योग गर्दा छाला कसिलो बन्नुको साथै यसमा आउने चाउरीपनाको समस्या पनि समाधान हुन्छ । योग एवं मेडिटेसनका जानकार स्वामी आनन्द हार्माेन र रगतमा रहेको अक्सिजनलाई सन्तुलित बनाइराख्नको लागि पनि यो मद्दतदायक हुने बताउँछन् । तर, त्यसको लागि समय मिलाएर नियमित योगा गर्नुपर्छ ।

‘सफ्ट एण्ड ग्लोईङ’ स्किनको लागि योगा

सफ्ट एवं ग्लोइङ स्किनले मानिसको व्यक्तित्वलाई आकर्षक बनाउँछ । जानकारहरुका अनुसार योग र मानिसको छालाबीच गहिरो सम्बन्ध हुन्छ । मात्र एक महिनासम्म नियमित रुपमा योग गर्दा हाम्रो छालामा ग्लो ल्याउन सकिन्छ । यसकालागि सिधा उभिएर दुईवटा खु्ट्टालाई एक फुटको दुरीमा फैलाएर राख्नुपर्छ । चेहरालाई हत्केलामा ढाक्नुपर्छ । त्यही मुद्रामा तीब्र्र रुपमा गहिरो सास लिनुपर्छ । त्यसपछि अनुहार आँखा र टाउकोलाई तीन मिनेटसम्म औंलाले रगड्नुपर्छ ।

अनुहारमा आएको चाउरीपना पनि धेरैको टाउको दुखाईको विषय बनिरहेको छ । तर, योगाबाट नै त्यो समस्यालाई पनि समाधान गर्न सकिन्छ । गाला चाउरी परेको ठाउँमा हातले रगडेर गहिरो सास लिनुपर्छ । दैनिक ५ मिनेट यस्तो गर्दा हामीहरुलाई चाउरीपनाको समस्या बिस्तारै कम हुँदै जान्छ । यस्तो योग विधिलाई योगका जानकारहरु सीमान्त योग विधिको नामले चिन्दछन् । यद्यपि चाउरीपनालाई पूर्ण रुपमा रोक्न भने सकिँदैन । यसलाई कम गर्नको लागि लामो सास तान्ने र जति सकिन्छ धेरैबेर सास लिएर त्यसलाई फाल्ने गर्नुपर्छ । यसले अनुहारमा आउने दाग र धब्बालाई समेत कम गर्न मद्दत गर्छ ।

घाँटीको समस्या हटाउन योग

योगले घाँटीको समस्या हटाउन मद्दत गर्छ । यसको लागि छुट्टै किसिमको योग बिधि जान्नु पर्छ । त्यसको लागि काँधलाई नचलाई बायाँ र दायाँतर्फ पालैपालो मोड्ने गर्नुपर्छ । यस्तो अभ्यास दैनिक लगभग १० पटकसम्म गर्नुपर्छ । त्यसपछि टाउकोलाई १०/१० पटक अगाडि/पछाडि गर्नुपर्छ । घाँटीलाई तन्दुरुस्त राख्नको लागि यो एक किसिमको राम्रो अभ्यास हो । यसले घाँटीमा आउने चाउरीपनाबाट जोगाउन पनि मद्दत गर्छ ।

आँखाको लागि शारीरिक अभ्यास

आँखालाई हामीले औषधिकोभन्दा पहिले नियमित योगाको माध्यमबाट स्वस्थ राख्न सक्छौं । यसको लागि जिब्रोलाई जतिसक्दो धेरै मुखबाट बाहिर ल्याउनुपर्छ । त्यसको साथमा आँखालाई ६० सेकेण्डसम्म यताउता फैलाउने कोसिस गर्नुपर्छ । यो अभ्यासले आँखामा आउने कैयौं किसिमका समस्याहरुलाई समाधान गर्न मद्दत गर्छ । यो जो कोहीले पनि गर्नसक्ने अभ्यास हो । यसको लागि आफ्नो तीनवटा औंलालाई आँखाको तल राख्नुपर्छ । यसको क्रममा आँखाको परेलाले आँखा छोप्नुपर्छ । यस क्रममा आँखी भौंलाई बन्द गर्ने कोसिस गर्नुपर्छ । यसबाट आँखाको मुनी आउने चाउरीपनाको समस्या पनि कम हुन्छ ।

देख्नमा राम्रो महसुस हुनु

राम्रोसँग नियमित योगा गर्दा हामी देख्नमा पनि राम्रो हुँदै जान्छौं । कसैकोे दिमागमा नकारात्मक सोच हाबी भएको छ भने यसको लागि सुखासन र श्वासन योगा राम्रो हुन्छ । यसले तनाब कम गर्न पनि मद्दत गर्दछ ।

मेडिटेसन

आफ्नो सुन्दरतालाई लामो समयसम्म नियमित गराईराख्नको लागि दैनिक १० देखि १५ मिनेटसम्म मेडिटेसन गर्नुपर्छ । मेडिटेसनको लागि आफ्नो आँखा बन्द गर्नुपर्छ । आफ्नो ध्यानलाई दुबै आईब्रोजको हिस्सामा केन्दि्रत हुन्छ । मेडिटेसनले हाम्रो एकाग्रता र आत्मविश्वासको तहलाई पनि बढाउँछ ।

कपालको लागि योग

कमर वा गर्धनलाई सिधा राख्दै हातलाई ज्ञान मुद्रामा घुँडामा राखेर आँखा बन्द गर्नुपर्छ । त्यसपछि लामो सास तान्ने र बिस्तारै सास छोड्ने गर्नुपर्छ । सास भरिरहेको समयमा पेट फुलाउनु हुँदैन । यो योगा कपालको लागि फाइदाजनक हुने गर्छ । यसका साथमा हामीलाई आक्रोश, डिप्रेसन, चिडचिडापन, अनिद्रा र अशान्तिबाट पनि बच्न सकिन्छ ।

यसका अलावा पौष्टिक खाना, व्यायाम, शान्त एवं स्वच्छ वातावरण, मसाज र यस बाहेक समग्र प्रयासहरुभन्दा सौन्दर्य बढाउनको लागि योग बढी सहायक सिद्ध हुन्छ । तर, तनाबको कारण रगतको प्रवाहन प्रक्रिया खुल्ला रुपमा हुन सकेन भने छाला चाउरी पर्ने, लगातारको तनाबले कपाल र्झने जस्ता समस्याहरु हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment