Comments Add Comment

रातिको खानामा अपनाउनै पर्ने सावधानी

प्रायः हामी सुन्छौं कि रातमा हल्का भएपनि खाना खानुपर्छ । तर, धेरैलाई यसको कारण थाहा हुँदैन । अरुको लहैलहैमा लागेर हामी पनि सुनेको कुरा अरुलाई सुनाईहाल्छौं । रातमा खाएको खानाको आधारमा हाम्रो बिहानको स्वास्थ्यको अवस्था तय हुन्छ । त्यसैले हामीले राति खानपिनमा सावधानी अपनाउन सकेको खण्डमा हाम्रो बिहान राम्रो बन्ने फेमिली हेल्थ सम्बन्धी चिकित्सकहरु बताउँछन् ।

राति खाना खाने वा नखाने ? खाएपनि कति मात्रामा खाने ? भन्ने विषयमा पनि धेरै किसिमका सर्वेक्षणहरु पनि नभएका होइनन् । यस विषयमा भएका विभिन्न सर्वेक्षणको आधारमा राति खाना खानेबेलामा ध्यान नदिने हो भने त्यो स्वास्थ्यको लागि हानिकारक हुने देखिएको छ । यसकै कारण कैयौं किसिमका रोगहरु लाग्ने समेत चिकित्सकहरु बताउँछन् । तर, त्यो अध्ययनले खानाको गुण, समय र मात्राले स्वास्थ्यलाई हानि पुर्‍याउने स्पष्ट पारेको छ ।

हाम्रो शरीरको लागि आवश्यक पर्ने मेटाबलिज्म अर्थात् आवश्यक रासायनिक प्रक्रिया सूर्यबाट प्राप्त हुन्छ । त्यसकारण सूर्यास्तसँगै हाम्रो शरीरको मेटाबोलिज्म कम हुँदै जान्छ । सूर्याेदयसँगै यो तीब्र हुँदै जान्छ ।

हामीले धेरै देख्ने गरेका छौं कि जति धेरै सुख सुविधाहरु आजभोलि उपलब्ध हुन्छ । त्यत्ति नै बिरामी धेरै हुने गरिन्छ । समय बिराएर हामीहरु गलत किसिमका खानाहरु खाने गर्दछौं । धेरै समय लगाएर त्यस्ता खानाहरु खाने गरिन्छ भने खाना खाए लगत्तै सुत्न जाने गरिन्छ । यसले गर्दा हाम्रो पाचन क्षमता कमजोर हुने गर्दछ । खाएपछि पूरा दिन बोझिलो रुपमा बित्ने गर्छ । यसबाट शरीर बिरामी पर्ने सम्भावना हुन्छ । खराब जीवनशैलीमा हुने बदलावका कारण ज्यादा रुपमा मानसिक बिरामीहरु बढिरहेका छन् । त्यसैले जैन धर्मालम्बीहरुले त आजसम्म पनि सूर्यास्तभन्दा पहिले नै रातको खाना खाने गर्दछन्  । त्यसो भए रातिको खाना कहिले खाने र के खाने त ? जसले शरीर स्वस्थ हुनुका साथसाथै पूरा दिन आफूलाई फुर्तीलो बनाउन सकियोस् ।

रातिको लागि तयार पारिएको जस्तो सुकै भोजन होस् । त्यसमा नुनको प्रयोग गर्नुहुँदैन । ताकी भोलिपल्ट उठ्दा शरीरमा कुनैपनि समस्या सिर्जना नहोस् । रातको भोजनमा नुनको धेरै प्रयोग गर्दा शरीरमा वाटर रिटेन्सन या एडिमा हुने गर्दछ । दिनभरीमा एक पटक मात्रै नुनिलो पदार्थ खाँदा शरीर स्वस्थ हुने गर्छ । हल्का भोजन गर्ने र रातको भोजन हल्का किसिमको र समयमा नै लिने गर्नुपर्छ ।

यदि रातिको भोजन धेरै लियौं भने त्यो पच्न सक्दैन । प्राकृतिक रुपले हाम्रो शरीरको अंगहरु राति सुत्ने समयमा मर्मत भइरहेका हुन्छन् । यानि दिनभरीको समयमा शरीरमा जुन नोक्सानी भईरहेको हुन्छ । त्यसको राति प्राकृतिक रुपमा मर्मत भइरहेको हुन्छ । धेरै मात्रामा खाना खाने र ढिला खाना खाँदा शरीरले आफ्नो काम सुचारु गर्न सक्दैन । यस्तो अवस्थामा हर्माेनमा असन्तुलन हुने, तनाव, मोटोपना, जस्ता समस्याहरु सिर्जना हुने गर्छ । यसले मुटुको धड्कनमा समेत जोखिम बढाउने गर्छ । त्यसकारण यो पनि जरुरी छ कि रातको समयमा हल्का खाना खाएर ब्लड प्रेसरलाई समेत सन्तुलित राख्नुपर्छ ।के खाने रातीको समयमा ?

हामीले राति खाने भोजनमा यस्तो पदार्थ रोज्नुपर्छ कि जसले पाचनतन्त्रमा कुनै खराब प्रभाव नपारोस् । अघिल्लो दिन स्वास्थ्य र ताजा  महसुस गर्नको लागि रातमा केवल ४०० देखि ५०० क्यालोरी खाना मात्रै खान सकिन्छ । भोजनमा ५० देखि ७० ग्रामसम्म कार्बाेहाईड्रेड, २५ देखि ३५ प्रतिशतसम्म प्रोटिन, १५ देखि २५ ग्रामसम्म फाइबर र २-३ ग्राम गुलियो पनि लिनुपर्छ । एक दिनमा कम्तिमा दुई पटक सलाद र एक पटक भएपनि फलफूलहरु खानुपर्ने हुन्छ । दैनिक खाना दुईपटक खानुपर्ने हुन्छ । गर्मीमा जौको सातु र लस्सीको नियमित प्रयोग गर्नु जरुरी हुन्छ ।

रातमा सधैभरी कम क्यालोरीवाला खाना खानुपर्छ । यसको लागि भोजनमा किबी, ठूलो स्याउ, नासपाती, अनार, नरिवल, गोलभेंडा आदि रोज्नु राम्रो हुन्छ । यी मध्ये कुनै न कुनैलाई राति आफ्नो डाइटको रुपमा प्रयोग गर्नुपर्छ । राति धेरै मसलेदार र चिल्लो युक्त खाना खाँदा यसले ग्यास्ट्रिक वा कब्जियत हुने समस्या हुन्छ । यो समस्या स्वास्थ्य सम्बन्धी अर्काे समस्याका कारण पनि हुनेगर्छ । रातमा दहीको ठाउँमा मोही खानु राम्रो हुन्छ । जसले हाम्रो पाचन प्रक्रियालाई दुरुस्त राख्न मद्दत गर्छ । रातमा सुत्नुभन्दा ४५ मिनेट अघि दूध पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment