Comments Add Comment

प्रेम जीवनका पाँच चरण, कुन चरणमा हुन्छ जोखिम ?

मानिसको जीवनमा अनेक अनेक किसिमको अवस्थाहरु आउँछ । त्यसैले त जीवनको आरोह-अवरोहलाई कसैले पनि पूर्वानुमान गर्न सक्दैनन् । हरमानिससँग भेट हुने मानिसहरुको कोसँग कस्तो सम्बन्ध जोडिन्छ भन्ने कुरा थाहा पाउन मुस्किल हुन्छ । अध्ययन, आफ्नो जीवनशैली, अरु मानिससँगको सम्बन्ध जस्ता अलग-अलग स्टेजहरुबाट हाम्रो जीवन गुजि्रइरहेको हुन्छ । उमेर अनुसार यी कुराहरुको अलग अलग महत्व हुन्छ ।

हाम्रो एउटा उमेर पनि हुन्छ । कुनै मानिस भेटिएसँगै उसका तमाम कमजोरीहरु भुलेर हामी उनीहरुसँग सम्बन्ध जोड्न पुग्छौं । उनीहरुसँग नै प्रेम हुन्छ । अन्त्यमा जीवनसाथी समेत बन्न सक्छ । यो समयको बीचमा नै दुई प्रेमी प्रेमीकाहरु बीच अनेकानेक सम्बन्धहरु कायम भइरहेको हुन्छ ।

आकर्षणको चरण

कुनैपनि केटा वा केटी मान्छेले सबैभन्दा विपरित लिङ्गीलाई देख्ने वित्तिकै हुने आकर्षणको यो चरण प्रेम जीवनको पहिलो चरण हो । यो चरणमा पहिलो पटकमा नै एक दोस्रोसँग प्रेममा फस्ने गर्दछन् । यो चरणमा एक अर्काेसँगै रहन चाहन्छन् । यो प्रेमको सबैभन्दा पहिलो चरण हो । केही मानिसहरु यसैलाई वासनाको अवस्था पनि भन्ने गर्छन् । यो समयमा दुबैलाई यति आनन्ददायक समय लाग्छ कि त्यस्तो आनन्ददायक समय उनीहरुमा कहिलै पनि आउने छैन । यो चरणमा नै मानिसहरुमा हर्माेनको अत्यधिक मात्रामा उत्पादन हुन्छ । यो चरण पछि नै कुनैपनि मानिसको सम्बन्धमा धेरै वदलाव आउने गर्दछ ।

वासनात्मक चरण

यो प्रेमको दोस्रो चरण हो । यो चरणमा हामी आफ्नो सम्बन्धलाई केवल आफ्नो प्रेमको आँखाले मात्रै देख्ने गरिन्छ । यो चरणमा आएर प्रेमीहरु प्रेममा अन्धो हुने गर्दछन् । यो चरणको सम्बन्ध वासनाको भावनाले युक्त हुने गर्दछ । यसक्रममा मानिसहरुमा अक्सिटोसिन हर्माेनको उत्पादन बढी हुने गर्दछ ।

भावनात्मक चरण

यो अवस्थामा प्रेमी प्रेमीकालाई आफूहरु भावनात्मक तीव्रताका साथ एक अर्कासँग जोडिएको अनुभूति हुन्छ । यो चरणमा दुबैले एक अर्कालाई गहिरोसँग जोडिएको महसुस हुने गर्दछ । यही चरणमा भविष्यको लागि नयाँ योजनाहरु पनि बन्ने गर्छ । यही चरणमा नै मानिसहरुबीच विवाह हुने वा सम्बन्ध छुट्ने भन्ने धेरै निर्णय हुन्छ । यो चरणमा नै प्रेमी-प्रेमीकाबीच भविष्यमा आउनेसक्ने समस्याहरुको बारेमा समेत धेरै योजनाहरु बन्ने गर्दछ ।

आत्मनिरीक्षणको चरण

यो चरणलाई प्रेमको ‘मेक वा ब्रेक’को चरण पनि भन्ने गरिन्छ । यो चरण त्यतिबेला सुरु हुन्छ जतिबेला एकले अर्काेसँग समर्पण या प्रतिबद्धताको परीक्षा गर्न सुरु गर्छन् । यही चरणमा नै आफ्नो सम्बन्धमा आएको दरारहरुलाई मूल्यांकन गर्ने गरिन्छ । त्यसलाई दोहोरिन नदिने प्रयासहरु गरिन्छ । यसमा मतभेदहरु एकदमै धेरै देखिन थाल्छ । यो चरणमा नै प्रेम एक सशक्त र बलियो बन्ने गर्दछ । यदि यो आत्मनिरीक्षणको चरणमा सफल हुनसकेपछि मात्रै त्यो सम्बन्ध जीवनभरको लागि सुखी र खुशी हुने गर्दछ । अन्यथा सम्बन्ध त्यहीँबाट पनि टुंगिन सक्छ ।

पूर्ण रुपमा भरोसाको चरण

यो प्रेमको अन्तिम चरण हो । जसमा जीवन भरी नै एक अर्काेबाट सिक्ने, एक अर्काेले दिएको दुख सहन गर्ने र कहिलेकाहीँ एक अर्कासँग लडाईं समेत गर्ने गरिन्छ । फेरि यो लडाईंमा आफैं शान्त पनि भइन्छ । यो एक अर्काप्रति पूर्ण रुपमा भरोसा गर्ने चरण हो । यतिबेलासम्म उनीहरु परीक्षण र प्रलोभनबाट भरिएका हुन्थे र केवल आफ्नो साथी जस्तो महसुस गर्ने गर्दथे । तर, यो चरणपछि भविष्यमा आउने जस्ता सुकै समस्यामा पनि सँगै मिलेर समाधान गर्न पूर्ण रुपमा तयार हुन्छन् । खुशी परिवारको लागि एउटा स्पष्ट मार्गदर्शन तयार पारिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment