Comments Add Comment

लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

हवाइजहाजमा यात्रा गर्दा निश्चित तौलभन्दा धेरैको ब्यागेज भयो भने अतिरिक्त पैसा तिर्नुपर्छ, जुन धेरै महंगो हुन्छ । एयरपोर्टमा ब्यागेज तौल गर्ने बेलामा कतै वजन बढी हुन्छ कि भनेर निकै डर लाग्छ होला तपाईंहरुलाई पनि । कसैगरी निर्धारितभन्दा एक दुई किलो तौल बढी भयो भने त्यहाँका स्टाफसँग अनुरोध गर्नेदेखि केही सामान हाते झोलामा सारेर मिलाउने लगायतका उपाय अपनाइन्छ ।

तर, जब हात झोलामै सामान धेरै हुन्छ, तब आपत पर्दो रहेछ । फिलिपिन्समा एकजना महिलालाई यस्तै आपत् पर्दा निकै अनौठो उपाय अपनाएकी छिन् ।

ह्याण्ड ब्यागेजको तौल कम गर्नका लागि उनले यतिधेरै कपडा जीउमा लगाइन् कि सबैजना तीनछक परे ।

ती महिलाको नाम जेल रोड्रिगेज हो । घटना अक्टोबर २ तारेखको हो । जहाजमा यात्रा गर्ने क्रममा एयरपोर्टमा चेकइन गर्ने बेलामा जब उनको ह्याण्डक्यारी तौल गरियो तब त्यसको वजन साढे ९ किलो रहेछ । सात किलोसम्म मात्रको हाते ब्यागेज नि:शुल्क लैजान पाइने हुनाले बाँकी साढे २ किलोको अतिरिक्त शुल्क तिर्नुपर्ने उनलाई जानकारी गराइयो ।

हात लगेजमा अरु चिज धेरै केही थिएन । धेरै कपडाहरु थिए । उनले तौल मिलाउँछु भन्दै त्यहाँबाट आफ्नो झोला लिइन् र अलि छेउँमा गएर खोलिन् । त्यसपछि झोलाबाट एकपछि अर्को गर्दै कपडाहरु निकालेर जीउमा लगाउन थालिन् । उनले पाँचवटा प्यान्ट, थुप्रै टिर्स तथा ज्याकेट लगाइन् र झोलाको तौल ७ किलोमा झारिन् ।

जेलले आफूले लगाएका ती कपडासहितको फोटो फेसबुकमा शेयर गरेकी छिन् ।

उनको उक्त पोष्टलाई २० हजार भन्दा धेरैले शेयर गरेका छन् ।

तर आफुलाई आफ्नो फोटो यति धेरै भाइरल हुन्छ होला जस्तो नलागेको भन्दै उनले यदि भाइरल नै हुन्छ होला भन्ने लागेको भयो झनै राम्रो पोज दिन्थेँ होला भनेकी छिन् ।

स्मरण रहोस् हवाई यात्राका क्रममा झोलाको तौल घटाउन यस्ता हर्कत भएको यो पहिलो घटना चाहीँ होइन । गत वर्षको जुलाई महिनामा स्कटल्याण्डमा एकजना व्यक्तिले आफ्नो लगेजको तौल घटाउन जीउमा १५ वटा शर्ट लगाएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment