Comments Add Comment

सी नेपाल आउँदा संसारभर तरंग पैदा भयो : नेपाल

३ कात्तिक, वीरगञ्ज । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल आउँदा संसारभर तरंग पैदा भएको बताएका छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आएर चीनले नेपालको महत्व स्वीकार गरेको उनले बताए ।

नेकपा वीरगञ्ज महानगरपालिका कमिटिले दिपावली र छठ पर्वको अवसरमा वीरगञ्जमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले चीनले मात्रै नभएर संसारका ठूला देशले नेपालको महत्व स्वीकार गरेको अवस्थामा नेपालले त्यसबाट फाइदा लिन सक्नुपर्ने बताए ।

‘संसारको सबैभन्दा शक्तिशाली चिनियाँ राष्ट्रपति नेपालमा आउँदा संसारभर तरंग पैदा भयो, नेपालको महत्वलाई चीनले स्वीकार गरेको छ, दुनियाँका ठूला-ठूला देशले स्वीकार गरेका छन्,’ नेता नेपालले भने, ‘हाम्रो पालो छ सम्बन्धलाई हाम्रो देशको हित र प्रगतिमा प्रयोग गर्नु, सदभावलाई नेपाली जनताको चाहना पूरा गर्न प्रयोग गर्नु, गरिबी, अभाव, बेरोजगारी, अशिक्षा, रोग सबै खालका सामाजिक, राजनीतिक विकृति विसंगतिको अन्त्य गर्नु, भ्रष्टाचारबाट देशलाई मुक्त गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment