Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा बुटवल युनाइटेड र रोयल शंकरनगर विजयी

३ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग अन्तर्गत आइतबार भएका खेलमा बुटवल युनाइटेड र रोयल शंकरनगर विजयी भएका छन् ।

तिनाउ टाइटन्सलाई १३ रनले हराउँदै बुटवल युनाइटेडले तिलोत्तमा प्रिमियर लिगमा सेमिफइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । सेमिफाइनल प्रवेशका लागि बुटवलले सोमबार रुपन्देही पल्टन्ससंगको खेल जित्नुपर्ने हुन्छ ।

टस जितेर पहिले व्याटिङ गरेको बुटवल युनाइटेडले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । बुटवलका लागि मृनल गुरुङले ५२ बलमा सर्वाधिक ४५ रन बनाएका थिए ।
१ सय ४२ रनको लक्ष्य पाएको तिनाउले निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो ।

तिनाउका लागि सन्दीप जोराले २९ रन बनाउनुबाहेक अन्य ब्याट्स म्यानले उल्लेख्य रन जोड्न सकेनन् । तिनाउलाई सस्तैमा समेट्न लागि बुटवलका मैनुद्धिन खान र राहुल प्रजापतिले समान ३ विकेट लिए । ४ ओभरको ब्याटिङ गरेका उनले २३ खर्चिएर भने राहुलले मात्र २० रन खर्चिएका थिए ।

अर्का बलर सुशन भारीले ४ ओभरमा २२ रन खर्चिदै २ विकेट लिएका थिए । बुटवलका मृनल गुरुङे ५२ बलमा ४५ रन जोडे । प्रतियोगितामा मृनल मोस्ट भ्यालुयबल खेलाडी बने भने बुटवलकै मैनुद्धिन खानले म्यान अफ द म्याचको उपाधी जित्न सफल भए ।

यो जितसंगै बुटवल युनाइटेडले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो । समूह ए मा रहेको ज्ञानोदय गोल्डस्ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने रुपन्देही पल्टन्स् र बुटवल युनाइटेडबीच सोमबार हुने खेलको बिजेता समूह ए बाट सेमिफाइनलमा जाने अर्को टिम हुनेछ ।

प्रदेश ५ का १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउनेछन् ।

समूह बी बाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्ड्स यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आइतबार नै भएको दोस्रो खेलमा सन्दिप सुनार र राजविर सिंहको उत्कृट खेलसंगै एक्सपर्ट रोयल शंकरनगर विजयी भएको छ ।

एक्पर्टले सुपर ११ भैरहवालाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो । १ सय ६१ रनको लक्ष्य सहित ब्याटिङ थालेको भैरहबालाई शंकरनगरले १७ दशमलव ३ ओभरमा ९७ रनमा समेटेको थियो ।

शंकरनगरको जितमा सन्दीप सुनारले ३४ बलमा ४४ रनको योगदान गरे भने आफ्नो ४ ओभर बलिङमा ३३ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यस्तै राजवीर सिंहले ३९ बलमा ४८ रनको योगदान गरे । शंकरनगरका रमेश कुर्मीले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा शंकरनगरका राजविर सिंह मोस्ट भ्यालुयवल खेलाडी बने भने म्यान अफ द म्याचको उपाधी शंकरनगरकै सन्दीप सुनारले जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment