Comments Add Comment

ओमानको लगातार दोस्रो जित

३ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार यूएईमा भएको आफ्नो दोस्रो खेलमा ओमानले हङकङलाई सात विकेटले पराजित गरेको हो । १०३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले १७.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

ओमानका लागि अकिब आयसले अविजित ३७ र जिसान मक्सोदले अविजित २४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०२ रन मात्रै बनायो । हङकङका लागि निजकात खानले ३१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा ओमानका आमिर कालिम र खवार अलीले समान ३–३ विकेट लिए ।

क्यानाडाको विजयी सुरुवात

क्यानाडाले जारी आईसीसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा जित हात पारेको छ । क्यानाडाले जर्सीलाई ५३ रनले पराजित गरेको हो ।

१७७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जर्सीले १७ ओभरमा सबै विकेटको क्षतिमा १२३ रन मात्रै बनाउन सक्यो । जर्सीका लागि जोन्टी जेनरले ५६ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।

टस हारेर यसअघि ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७६ रन बनाएको थियो । क्यानाडाका लागि नितिशकुमारले ८३ र कप्तान नभनित धलिवालले ३६ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment