Comments Add Comment

सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश

३ कात्तिक, काठमाडौं । सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए ।

थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश भएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीले अनलाइनखबरलाई बताए ।

दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

तर, सांसद गुरूङले यो राजनीतिक प्रकृतिको मुद्दा भएको अनलाइनखबरसँग बताएका थिए ।

यो पनि पढ्नुहोस पार्वत गुरुङ प्रकरण : पहिले काटाकाट, अहिले चाटाचाट !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment