Comments Add Comment

यस्तो रेस्टुरेन्ट जहाँ ग्राहकलाई दिइन्छ ट्वाइलेटको पानी

कसैले तपाईंलाई ट्वाइलेटको पानी पिउन दिने रेस्टुरेन्टमा जान अफर गर्यो भने के भन्नु हुन्छ ? सायद जाने त कुरै छैन, उल्टै रिसले आगो ओकल्ने सम्भावना रहला ।

तर तपाईं नगएर के भो त, दुनियाँमा एउटा यस्तै रेस्टुरेन्टमा ट्वाइलेटको पानी पिउनका लागि मानिसहरुको घुइँचो लाग्दछ ।

यस रेष्टुरेन्टको नाम हो, गष्ट यूक्स । बेल्जियमको कुर्ने सहरमा यो रेस्टुरेन्ट रहेको छ । उक्त रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई ट्वाइलेट तथा हातमुख धुने ठाउँको पानी शुद्धीकरण गरेर पिउनका लागि दिइन्छ । ट्वाइलेट तथा बाथरुमको पानी शुद्धीकरणका लागि रेस्टुरेन्टले एउटा नयाँ प्रविधिको वाटर प्युरिफायर राखेको छ ।

सो पानी शुद्धीकरण यन्त्रले ढलको पानीलाई समेत पूर्ण रूपमा पिउनलायक बनाएर शुद्ध पारिदिन्छ । यसरी शुद्धीकरण गर्दा पानीका आवश्यक लवणहरू समेत नष्ट हुँदैनन् ।

उक्त रेस्टुरेन्टमा ट्वाइलेट, सिंक तथा ढलसमेतको पानीलाई सुरुमा प्लान्ट फर्टिलाइजरमा सफा गरिन्छ । त्यसपछि वर्षाको पानीसँग मिसाइन्छ र त्यसलाई पिउनका लागि लायक बनाउन वाटर प्युरिफायरमा हालिन्छ ।

यसरी शुद्धीकरण गरिएको पानीलाई पिउन मात्र नभएर आइस क्युब बनाउन, बियर बनाउन तथा कफी बनाउनमा पनि प्रयोग गरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment