+
+

हृदयघातबाट बच्नको लागि गरौं यी पाँच प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १०:३७

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टले विश्वभरमा रोग लागेर मर्नेहरुमध्ये सबैभन्दा धेरै हृदयघातबाट मर्ने गरेको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०१६ मा मात्रै १ करोड ७९ लाख मानिसको निधन हृदयघातका कारण भएको थियो । यो विश्वभरी मृत्यु भएका मानिसहरुको संख्यामा ३१ प्रतिशत हो । यसमध्ये पनि ८५ प्रतिशत र मुटुको तीब्र गति र स्ट्रोकका कारण भएको थियो ।

हृदयरोग हामीहरुको आफ्नै कारणले हुनेगर्छ । स्वास्थ्यमा लापरबाही गर्ने, तमाखु एवं अन्य धुमपानको प्रयोग, ज्यादा मदिराको सेवन, अस्वास्थ्यकर आहार र मोटोपनको कारणले पनि यो समस्या आउने गर्दछ । निस्कृय व्यक्तिहरुमा पनि यो समस्या धेरै हुने गर्छ । यसमध्ये पनि उच्च रक्तचाप, मधुमेह, हाइपरलिपिडिमियाका रोगीहरुमा यसको जोखिम झनै धेरै हुने गर्दछ ।

त्यसैले चिकित्सकहरुले यसबाट बच्नको लागि हामी आफैं सचेत हुनुपर्ने बताउँछन् । हाम्रो दैनिक क्रियाकलापमा सजगता अपनाउने हो भने हृदयघातको समस्या धेरै हदसम्म कम हुनेगर्छ । त्यसको लागि हामीले केही प्रतिबद्धताहरु गर्ने र कार्यान्वयन गर्ने गर्नुपर्छ ।

पूरा निदाउने प्रतिबद्धता

हामीले निद्रालाई जहिलेपनि प्राथमिकता दिनुपर्छ । चिकित्सकका अनुसार धेरै कम समय सुत्दा हाम्रो वायोलोजिकल क्लकमा व्यवधान हुन्छ । जसका कारण शरीरको कार्यमा प्रतिकूल असर पर्छ । जसमा उच्च रक्तचाप र इन्फ्लामेसनको विकासको खतरा बढ्न जान्छ । त्यही बिस्तारै हृदयरोगको कारण बन्न जान्छ । एक बयस्क व्यक्तिको लागि तोकिएको निदाउने समयावधि ७ देखि ८ घण्टा हो । यो समयमा केवल सुत्ने मात्रै होइन । निद्रापनि राम्रो हुनुपर्छ । निद्रा नपरेमा हाम्रो शरीरभित्र आन्तरिक काम चलिरहेको हुन्छ । यदि कसैलाई निद्राको समस्या छ भने पनि तुरुन्त त्यसको उपचार गर्नुपर्छ ।

सक्रिय जीवनको प्रतिबद्धता

सबैभन्दा पहिले आफूले आफैं समक्ष म सक्रिय जीवन जिउछु भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ । त्यसैले एकै ठाउँमा लामो समयसम्म बस्नबाट बच्नुपर्छ । करिब ७ लाख मानिसमा गरिएको एक अध्ययनले लामो समयसम्म एकै ठाउँमा बस्ने मानिस जसको डेस्कमा काम छ । उनीहरुमा यस्तो समस्याको १४७ प्रतिशत बढी हुने गर्दछ । साथमा ती मानिसहरुमा यही घटनाबाट मृत्युहुने सम्भावना समेत ९० प्रतिशत हुन्छ । त्यसैले डेस्कमा काम हुनेहरुले अरुको तुलनामा बढी सक्रिय र नियमित अभ्यास गर्नु जरुरी छ ।

धुमपानबाट मुक्तिको प्रतिबद्धता

हामीले धुमपान वा कुनैपनि रुपमा तमाखुजन्य उपजहरुको उपयोग गर्नुहुँदैन । चिकित्सकहरु सेकेण्डहेण्ड धुवाँबाट बच्नुपर्ने सुझाव दिन्छन् । धुमपानको प्रयोग गर्दा त्यसमा रहेको तमाखुले अक्सिजन प्रवाहमा बाधा सिर्जना गर्नेगर्छ । यसका अलावा यसले धमनीहरुको आन्तरिक कि्रयामा नोक्सानी पुर्‍याउने, धमनीको भित्तालाई मोटो बनाउने, रक्तचाप बढाउने, हृदयको गति तेज गर्ने काम पनि गर्छ । हृदय रोगको विकासको जोखिम ती व्यक्तिहरुलाई ३० प्रतिशतसम्म बढी हुन्छ ।

जो घर या कार्यालयमा धुमपानसँग जोडिएको छ । धुमपान गर्नेहरुमा कोलेस्ट्रोलको समेत समस्या हुन्छ । उनीहरुमा हृदय रोगीको खतरा त्यतिबेला अधिक हुन्छ जो धुमपानको धुवाँबाट प्रभावित छ । चुरोटको धुवाँबाट आउने रसायनले धमनीहरुलाई ब्लक गर्ने काम गर्छ ।

सन्तुलित भोजनको प्रतिबद्धता

स्वस्थ आहार मात्रै खाने गरौं । हामी आफ्नो आहारमा चिल्लो पदार्थको आवश्यकता हुने गर्दछ । जसमा सन्तृप्त वा असन्तृप्त चिल्लो पदार्थ समेत सामेल हुन्छ । तर, ट्रान्स फ्याटले हाम्रो नराम्रो कोलेस्ट्रोललाई बढाएर हाम्रो राम्रो कोलेस्ट्रोलको स्तर कम गरेर हाम्रो धमनीहरुलाई बन्द गरिदिन्छ । यसको लागि हामी आफ्नो आहार घटाएर रक्त प्रवाहमा सुधार ल्याउन सक्छौं । हामी आफ्नो आहारमा अधिकभन्दा अधिक फल र सागपातलाई समेत सामेल गर्न सक्छौं ।

दाँतको स्वच्छताको प्रतिबद्धता

दाँतको स्वच्छताको प्रतिबद्धता गरौं । सधैंभरी आफ्नो मुख र दाँतलाई स्वस्थ राख्नुपर्छ । विशेष रुपले आफ्नो दाँतलाई सफा गर्नुपर्छ । दन्त स्वास्थ्य हाम्रो हृदयको स्वास्थ्य सहित समग्र शरीरको स्वास्थ्यको संकेत हो । किनकी जुन मानिसलाई पिरियडोटल सम्बन्धी रोग लाग्छ । उनीहरुमा अक्सर हृदयसम्बन्धी रोगको जोखिम धेरै हुन्छ । यस विषयमा गरिएको कैयौं अध्ययनहरुले पत्ता लगाएका छन् कि मुखमा रहने ब्याक्टेरीयाका कारण रक्तप्रवाहमा समेत समस्या सिर्जना हुन्छ । त्यसैले मुखको समेत हामीले ख्याल गर्न सक्यौं भने हृदय रोगको जोखिम आफैं कम हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?