+
+
Shares

नेपाल कसैको दबाबबाट परिचालित हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १९:५६
Photo Credit : रासस

४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कसैको दबाबबाट परिचालित नहुने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका वेला पश्चिमा राष्ट्रको दबाबमा अन्तिम समयमा सुपुर्दगी सन्धि सम्बन्धी सम्झौता रोकिएको चर्चा भइरहेका वेला ज्ञवालीले स्पष्टिकरण दिएका हुन् ।

म्यानमारको भ्रमण सकेर सोमबार स्वदेश फर्किएका ज्ञवालीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘अब नेपालको बारेमा एउटा प्रश्न कहिल्यै नगर्नुहोला । कुनै विदेशीको दबाबमा कुनै काम गर्छ या गर्दैन भन्ने विषयमा हाम्रो स्ट्याण्ड बाई पोजिसन छ, हामी दबाबबाट विचलित हुँदैनौं ।’

उनले नेपालको आफ्नै प्राथमिकता भएको बताउँदै अन्तरदेशीय अपराधको बढ्दो क्रमलाई सामना गर्न सुपुदर्गी, सन्धि, पारस्परिक कानूनी सहायता सम्बन्धी फ्रेमवर्कमा नेपाल जोडिने बताए ।

‘यस विषयमा हामीले विभिन्न मुलुकहरुसँग छलफल अघि बढाइरहेका छौं’, उनले भने, ‘उपयुक्त समयमा विभिन्न मुलुकसँग सुपुर्दगी सन्धि हुन्छ ।’

यसले एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सघाउ पुग्ने उनले बताए । यद्यपि, कहिले र कुन सर्तमा सन्धि गर्ने भन्ने विषय चाहिँ नेपाल सरकारले उपयुक्त ठहर्‍याएको मिति र मोडलमा निहित हुने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?