Comments Add Comment

राउण्ड टेबल नेपालको उमंगको उडान

४ कात्तिक, काठमाडौं ।  राउण्ड टेबल नेपालले पहिलो पटक “उमंगको उडान”नामक कार्यक्रम हिजो आयोजना गर्यो । यस कार्यक्रमको शुरुवात वर्तमान आरटिएन.अध्यक्ष सौरभ केडियाले गरे ।

यस कार्यक्रमको मुख्य उद्देश्य राउण्ड टेबल नेपालले जिम्मा लिएका स्कुलहरुबाट बालबालिकाहरुलाई हवाई यात्रा गराउनु हो ।

यो कार्यक्रम बीरगञ्ज राउण्ड टेबल ३ र काठमाडौं राउण्ड टेबल १ को संयुक्त प्रयासमा गरिएको थियो । बीरगंज राउण्ड टेबल ३ द्वारा बिरगंजमा निर्मित तीन वटा स्कुलबाट १२ बालबालिकाहरु र एक शिक्षकलाई छनौट गरि बिहानको फ्लाईटबाट सिमरादेखि काठमाडौं सम्मको हवाई यात्रा गराएको र साँझकाे फ्लाईटबाट बीरगंज फर्केका थिए ।

काठमाण्डौ शहरमा उनिहरुलाई पशुपतिनाथको मंदिरमा दर्शन र नारायणहिटी दरबार संग्रहालय भ्रमण पश्चात दरबारमार्गमा रहेको के.एफ.सी. मा नास्ता गराई भृकुटीमन्डपस्थित फनपार्कमा घुमाउन लगिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment