Comments Add Comment

लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

५ कात्तिक, काठमाडौं । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’नामक क्राउड सोर्सिङ प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । आज काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो ।

क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँभिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो ।

क्राउड सोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो । साधारणतया क्राउडसोर्सिङ्ग भनेको जनसमुदायमाझ निश्चित कार्य आउटसोर्स गर्ने प्रक्रियालाई जनाउँछ । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक महिनासम्मचलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निणर्ायकहरुको समूहले सुश्री टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइनवापत कूल रु ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुहुनेछ । कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment