Comments Add Comment

चन्द्रागिरी मेयर गोल्डकप कात्तिक ३० देखि सुरु हुने

५ कात्तिक, काठमाडौं । चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको कात्तिक ३० देखि मंसिर सात गतेसम्म हुने भएको छ ।

दीपशिखा युवा समूहले काठमाडौंमा मंगलबार पत्ररकार सम्मेलन गरी चन्द्रागिरी नगरपालिकास्थित नैकापमा हुने तेस्रो संस्करणको प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा आयोजकको दुई टोली दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाका १५ वडाबाट खेलाडी छनोट गरी अर्काे टोली गरी ८ देखि १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ । गत वर्ष ६ लाख र ३ लाख रुपैयाँ पुरस्कार राशि रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

पहिलो संस्करणमा हिमालय शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment