Comments Add Comment

कर्पोरेट सुपर सिक्सेस क्रिकेटलाई माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन

५ कात्तिक, काठमाडौं । कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।

काठमाडौंमा मंगलबार कार्यक्रम गर्दै माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा डिसेम्बर १८ देखि २३ तारिखसम्म हुँदैछ । २४ कर्पोरेट टिम रहेको यो प्रतियोगिता ५ ओभरको हो ।

प्रतियोगितामा सहभागि टिमका लागि इन्ट्रि फि ७० हजार रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment