Comments Add Comment

असममा दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नपाउने

काठमाडौं । भारतको असम सरकारले दुईभन्दा बढी सन्तान हुनेलाई सरकारी जागिर नदिने निर्णय गरेको छ ।

भारतीय जनता पार्टीको सरकारले गरेको निर्णयअनुसार १ जनवरी २०२१ पछि दुईभन्दा बढी सन्तान हुनेले सरकारी जागिर पाउने छैन ।

१२६ सिट भएको विधानसभाले दुई वर्ष पहिले जनसंख्या नीति पास गरेको थियो, जसमा सानो परिवारलाई प्रोत्साहन गरिएको थियो । अब सरकारले यो निर्णय लिएको हो ।

अहिले भएका सरकारी कर्मचारीले पनि दुई सन्तानको नीतिलाई पालना गर्नुपर्नेछ ।

मुख्यमन्त्री सर्बानन्द सोनोवालको यो निर्णयलाई प्रदेशमा भाजपाको लामो राजनीतिक महत्वकांक्षासँग जोडिर हेरिएको छ ।

किनकी २०११ को जनगणनाअनुसार असमको कुल जनसंख्या ३ करोड ११ लाख ६९ हजारमा मुसलमानको संख्या १ करोड ६७ लाख ९ हजार छ । अर्थात राज्यमा मुसलमानको संख्या ३४.२२ प्रतिशत वा एक तिहाई भन्दा बढी छ । त्यसमा पनि राज्यको ३३ मध्ये नौ जिल्ला मुसलमान बहुल छन् ।

अहिले दुई सन्तान भएकालाई मात्र सरकारी जागिर दिने निर्णय गर्दा भाजपाले पार्टीको राजनीतिक लाभ हेरेको वरिष्ठ पत्रकार बैकुन्ठ नाथ गोस्वामी बताउँछन् ।

भाजपाका नेताहरु भने यो मान्न तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment