Comments Add Comment

यौन क्रियाले तौल नियन्त्रणमा सहयोग गर्छ ?

यदि तपाईं आफ्नो तौलका कारण दुःखी हुनुहुन्छ । व्यायाम गर्नका लागि जिमखाना धाउनका लागि तपाईंसँग समय र साधन छैन भने तपाईं आफ्नो पार्टनरको सहयोग लिएर बेडरुममा नै आफ्नो वजन घटाउन सक्नुहुन्छ ।

प्रतिष्ठित जनरल प्लस वानमा प्रकाशित अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनद्वारा गरिएको एउटा सर्वेक्षण अनुसार बेडरुममा लगभग २५ मिनेटसम्म गरिएको यौन क्रियाकलापले पुरुषहरुमा १ सय १ क्यालोरी तथा महिलामा ७० क्यालोरी उर्जा खपत हुन्छ । यौन सम्बन्धको क्रममा पुरुषको एक मिनेटमा ४ दशमलव २ क्यालोरी उर्जा खपत हुन्छ भने महिलाहरुको एक मिनेटमा ३ दशमलव १ क्यालोरी उर्जा खपत हुन्छ ।

यौन सम्बन्ध र क्यालोरीको हिसाब-किताब

यो अंक गणितलाई बिस्तारमा बुझ्नु अनिवार्य छ । हाम्रो शरीरको कुनै पनि साना-ठूला गतिविधिहरुका लागि उर्जाको आवश्यकता पर्दछ । उर्जाको त्यस्तो खपत मापनको लागि इमइटी (मेटाबोलिक इक्युभ्यालेन्ट अफ टास्क) को उपयोग गरिन्छ ।

एउटा एमईटी हाम्रो शरीरको कूल वजनको प्रति किलोग्राम ३ दशमलव ५ मिलिलिटर अक्सिजन बराबर हुन्छ । वैज्ञानिक अध्ययन अनुसार एउटा एमइटी उर्जाको खपत बराबरको शारीरिक गतिविधिमा हाम्रो शरीरको औसत एक किलोग्राम वजनमा १० दशमलव ९ क्यालोरी खपत हुन्छ ।

कस्तो प्रकारको यौन क्रियाकलापले घट्छ तौल ?

यौन सम्पर्कको क्रममा हाम्रो शरीरको गतिविधि एमईटीको कुन स्तरसम्म पुग्नसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यौन विशेषज्ञहरुका अनुसार निस्क्रिय रहनु, यसको लागि हल्का प्रयास गर्नु, चुम्बन र आलिंगन जस्ता गतिविधिहरुमा १ दशमलव ३ एमइटीसम्म पुग्न सकिन्छ ।

सामान्य यौन अथवा मध्यम प्रयास गर्ने स्थितिमा १ दशमलव ८ एमइटीसम्म पुग्न सकिन्छ । यौनमा सक्रिय अथवा चरम प्रयासको स्थितिमा २ दशमलव ८ एमइटीसम्म पुग्न सकिन्छ ।

यस हिसावले यदि तपाईंको वजन ८० देखि ८१ किलो बराबर छ भने एक ठाउँमा बसिरहनाले पनि प्रतिघण्टा तपाईंको लगभग ७५ देखि ८० क्यालोरी खपत हुन्छ । जब तपाईं हिँड्न सुरु गर्नुहुन्छ, तपाईंको गतिविधिको स्तर बढ्न थाल्छ ।

त्यही अनुपातमा तपाईंको एमइटी भ्यालु पनि बढ्छ । यदि तपाईंको गतिविधि दुई एमईटी बराबर छ भने तपाई १ सय ६० क्यालोरी प्रतिघण्टा खपत गर्नुहुन्छ । यस प्रकारले १० एमईटीको अर्थ तपाईंले एक घण्टामा ८०० क्यालोरी खपत गर्नुहुन्छ । क्यालोरीको यस्तो हिसाब-किताबलाई ध्यानमा राख्दै यौन क्रियाकलापले वजन घटाउन सहयोग गर्छ भन्ने प्रमाणित भएको छ ।

छिट्टो तौल घटाउनका लागि के गर्ने ?

छिट्टो वजन घटाउनको लागि तपाईंले सही यौन सम्बन्ध राख्ने पोजिसनको छनोट गर्नुपर्छ । जसमा धेरैभन्दा धेरै क्यालोरी खपत हुन्छ । यसबाहेक यौनको मामला तन सँग-सँगै मनसँग पनि जोडिएको हुन्छ । नियमित र सन्तुलित यौनले हाम्रो शरीरमा धेरै किसिमको हार्मोनहरु सन्तुलन रहन्छन्, जुन वजनलाई नियन्त्रित गर्नको लागि सक्षम हुन्छन् ।

प्रायः यौन सम्बन्धपछि गहिरो निद्रा लाग्छ । यसले शरीरमा लेप्टिन, एडिपोकाइन नामक हार्मोनको संवेदनशीलता बढ्छ । यो हार्मोनले कम खाने र अधिक क्यालोरी खपत गर्नको लागि प्रेरित गर्छ ।

यौन सम्बन्धले एडिपोनेक्टिन र एस्ट्रोजेन हार्मोनको मात्रा पनि सन्तुलित हुन्छ । यी हार्मोनको मात्रा पनि सन्तुलित हुन्छ । यी हार्मोनहरुको असन्तुलित मात्रा वजन बढाउनको लागि जिम्मेवार बन्छ । डाक्टरहरुको भनाई अनुसार यौन सम्पर्क गर्दा काँध, कम्मर, तिघ्राको धेरै प्रयोग हुन्छ । यो एक प्रकारको कार्डियो एक्सरसाइज जस्तै हुन्छ ।

यसमा घुँडा पछाडिको नसा, पाखुराको मांंसपेशीहरुमा बोसो जम्मा हुन पाउँदैन । जसले एक प्रकारको वजन नियन्त्रित राख्छ । त्यसैले आफ्नो सुविधा र सहजता अनुसार नै यौन सम्बन्ध राख्ने पोजिसनको छनौट गर्नुपर्छ, जसले तपाईंको वजन घटाउन सहयोग  पुर्‍याओस्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment