Comments Add Comment

ओखर : नाम एक, लाभ अनेक

नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार आउँदैछ । दशैं मासु नै मासुको पर्व भनिएजस्तै तिहारको पनि विशेष किसिमको परिकार र खानेकुरा हुन्छ । त्यसमध्ये सबैभन्दा धेरै प्रयोग हुने सेलरोटी हो भने दोस्रोमा भाइमसला हो । भाइमसला स्वास्थ्यको हिसाबले एकदमै पौष्टिकताले भरिपूर्ण खानेकुराहरुको संग्रह हो । यही भाइमसला मध्येको एकदमै स्वास्थ्यबर्द्धक खानेकुरा हो ओखर ।

ओखरले हाम्रो दिमागको बृत्तिविकासका लागि महत्वपूर्ण योगदान गर्छ भनिन्छ । यति मात्रै नभएर हाम्रो सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यको लागि यो अति उपयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्‍यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगहरुलाई भगाउन मद्दत गर्दछ ।

दुनियाँका ११ देशको ५५ वटाभन्दा धेरै विश्वविद्यालयहरुले गरेको अध्ययनले धेरै ओखर खाने मानिसहरुको शरीरमा आवश्यक पर्ने फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कयौं न्यूटि्रसनहरु पर्याप्त मात्रामा प्राप्त हुने जनाएको छ ।

क्यान्सर, मोटोपन र मधुमेह जस्तो बिरामीमाट हुन्छ टाढा

दैनिक ४ वटा ओखर नियमित खाने मानिसहरुमा क्यान्सर, मोटोपन, मधुमेह जस्ता रोगहरुको साथसाथ तौल घट्ने समस्या पनि समाधान हुने गर्छ । ओखर खानुले संज्ञात्मक क्षमता, प्रजनन् क्षमता र जीवनशैली सम्बन्धी अन्य समस्याहरु समाधान हुन्छ । क्यालिफोर्नियाको ओखर आयोगका स्वास्थ्य अनुसन्धान निर्देशक क्यारोल वर्ग स्लोआनले ओखर पोषक तत्वको केन्द्र रहेको र यो स्वास्थ्यको लागि फाइदाजनक रहेको बताएका छन् ।

त्यसैले विदेशीहरुले ओखरलाई पावर फुडको नाम समेत लिने गरेका छन् । किनकी यो स्टामिना बढाउनको लागि मद्दतदायक हुने गर्दछ । यसलाई ब्रेन फुड पनि भन्ने गरिन्छ । एक अमेरिकी संस्थानले एक अध्ययनको क्रममा यसमा भिटामिन-ई, ओमेगा-३, फ्याट एसिड, एन्टिअक्सिडेन्टको लागि समेत राम्रो स्रोत हुने उल्लेख गरिएको छ ।

निद्रा नआउने समस्याको हुन्छ समस्या

मेलाटोनिन नामक हर्माेन हाम्रो निद्राको लागि उत्तरदायी छ । यही मेलाटोनिन ओखरमा पाइन्छ । यस्तो अवस्थामा जतिबेला निद्रा नआउने समस्या हुन्छ । यस्तो अवस्थामा ओखर खानुपर्ने जानकारहरु बताउँछन् ।

डाइटिङ गर्नेहरको लागि फाइदाजनक

स्वास्थ्यलाई फिट राख्नको लागि नियमित डाइटिङ गर्नेहरुको लागि पनि यो फाइदाजनक मानिन्छ । डाइटिङ गर्नेहरुको लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले पनि डाइटिङ गर्नेहरुको लागि यो फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन पाइने भएकोले यो डाइटिङ गर्नेहरुको लागि फाइदाजनक मानिएको हो । यसले शरीरमा शक्ति प्रदान गर्न पनि मद्दत गर्दछ ।

ओखरमा एन्टिअक्सिडेन्टको मात्रा भरपुर हुने गर्दछ । त्यसले शरीरको लागि आवश्यक पर्ने ओमेगा-३ एसिडको मात्रा पनि प्रचुर गराउने गर्छ । यसले शरीरलाई चाहिने सबै किसिमको सन्तुलन प्रदान गर्ने गर्दछ । स्वस्थ ओखर हृदयको रोगबाट बचाउने गर्दछ । ओखरलाई कुनै पनि चिल्लो पदार्थ बिना नै त्यसै खाने गर्नुपर्छ । यसले हृदय रोगबाट बचाउँछ । उच्च रक्तचापको मूल कारण भनेको धेरै तनाव लिनु हो । यही तनाव कम गरेर यसले रक्तचापको समस्यालाई समेत रोक्ने गर्दछ ।

कोलेस्टोल हुन्छ कम

ओखरमा ओमेगा-३ भएको कारण उपस्थिति नै शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्ने गर्दछ । यसका अलावा पित्ताशयलाई ठिक राख्नको लागि सुचारु रुपले कार्य गर्न पनि मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment