Comments Add Comment

हत्या अभियोगमा धनुषाबाट १ पक्राउ

६ कात्तिक, काठमाडौं । गोली हानी एक व्यक्तिको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१४ स्थित विद्युत् प्राधिकरणनजिकै मनोज साहको गाेली हानी हत्या गरेको अभियोगमा प्रहरीले पंकज चौधरीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले साहको हत्या अभियोगमा चौधरी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

प्रहरीले अहिले चौधरीबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment