Comments Add Comment

गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक

छाडा छाडिएका गाइवस्तुले सडक तथा आसपासमा फ्याँकिएका प्लास्टिक तथा अन्य चिजहरु खाएको देख्नुभएकै होला । केही खानेकुरा पोको पारिएको वा खाने कुरा लत्पतिएको प्लास्टिक गाईवस्तुले खाइदिन्छन् । यसरी प्लास्टिक खाँदा कहिलेकाहीँ निकै डरलाग्दो परिस्थितिको सिर्जना हुँदो रहेछ । हालै भारतको तमिलनाडुमा यस्तै घटना भएको छ ।

चेन्नईमा एक गाईको पेटबाट शल्यक्रिया गरी ५२ किलो प्लास्टिक निकालिएको छ । त्यो प्लास्टिक गाई आफैले खाएको हो ।

मिडिया रिपोर्टअनुसार चेन्नइस्थित भेटेरनरी एनिमल साइन्स विश्वविद्यालयमा उक्त गाईको शल्यक्रिया गरिएको थियो । गाईको पेटमा यति ठूलो परिमाणमा प्लास्टिक हुँदा गाईलाई निकै पीडा हुने गरेको सर्जन ए वेलावनले बताए । दुखाईकै कारण सो गाईले दूध पनि कम दिन थालेको थियो ।

गाईको शल्यक्रिया गर्न ५ घण्टाको समय लाग्यो । बिहान ११ बजे बाट सुरु गरिएको शल्यक्रिया बेलुकी चार बजे सफलतापूर्वक सम्पन्न भयो ।
रोचक कुरा त के भने उक्त शल्यक्रियामा जममा १४० भारु मात्रै खर्च भयो ।

पशु चिकित्सकहरुका अनुसार पेटमा ५२ किलो प्लास्टिक जम्मा हुनका लागि उक्त गाईले दुई वर्षदेखि यसरी प्लास्टिक खाइरहेको हुनसक्छ ।

स्मरण रहोस् गत मार्च महिनामा फिलिपिन्समा एउटा मरेको ह्वेल माछाको पेटबाट ४० किलो प्लास्टिक निकालिएको थियो ।

विज्ञहरुका अनुसार प्लास्टिक फोहोर खाँदा उक्त व्हेल माछामा ग्यासको समस्या उत्पन्न भयो । जसका कारण खान तथा चल्न सकेन र भोकमरीकै कारण मृत्यु भयो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment