Comments Add Comment

प्रधानमन्त्रीले मोर्ताजालाई दिए क्रिकेट विवाद समाधानको जिम्मा

काठमाडौं । खेलाडीहरु हड्तालमा उत्रिएपछि बंगलादेशमा रोकिएको क्रिकेट गतिविधि सुरु हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले यो विवाद समाधान गर्न सांसद तथा एकदिवसीय कप्तान मशरफ मोर्ताजालाई जिम्मा दिएका छन् । साथै बंगालादेश क्रिकेट बोर्ड र आन्दोलनमा उत्रिएका खेलाडीहरुबीच बुधबार साँझ वार्ता हुने अपेक्षा छ ।

क्रिकेट बोर्डका सीईओ निजामुद्दीन चौधरीकाअनुसार साँझ वार्ता हुने सम्भावना रहेको बताएका छन् । यसअघि बोर्डले खेलाडीहरुको ११ बुँदे माग मध्ये एक पुरा गर्दै ढाका प्रिमियर लिगमा ट्रान्सफर सिस्टम स्वीकार गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment