Comments Add Comment

तिहारमा यसरी जुध्छन् बलिउडका फिल्म

बलिउडका फिल्महरु प्रदर्शनका लागि ठूला चाडपर्वलाई निकै राम्रो अवसरको रुपमा लिन थालिएको छ । एकातिर हर्षोल्लासको वातावरण अनि अर्कोतिर बिदा, फिल्मको व्यवसायका लागि यसले उत्प्रेरकको काम गर्छ । खासगरी, तिहार जस्तो पाँच दिनसम्म चल्ने चार्डपर्व त फिल्मका लागि सबैभन्दा ठूलो अवसर मानिन्छ । त्यसैले प्रायः हरेक तिहारमा बलिउडका ठूला बजेटका, ठूला स्टारका फिल्महरु प्रदर्शन भईरहेका हुन्छन् ।

बलिउडमा अक्षय कुमार त्यस्ता अभिनेता हुन्, जो हरेक तिहारको अवसरमा नयाँ-नयाँ फिल्ममार्फत् दर्शकमाझ आउँछन् । यसपटकको तिहारका लागि अक्षयले ‘हाउसफुल-४’ लिएर दर्शकमाझ आएका छन् । यो फिल्म यही शुक्रबार अर्थात् अक्टोबर २५ का दिन प्रदर्शन हुँदैछ । यो मल्टिस्टार फिल्ममा अक्षय कुमारसँगै बबी देओल, रितेश देशमुख, चंकी पाण्डे, राणा दग्गुबटी, शरद केल्कर, कृति सेनन, कृति खरबन्दा, पूजा हेगडे जस्ता कलाकारहरुले अभिनय गरेका छन् । यसपटकको तिहारमा ‘हाउसफुल-४’ सँगै अन्य दुई फिल्महरु पनि प्रदर्शन हुँदैछन्- ‘मेड इन चाइन’ तथा ‘साण्ड की आँख’ ।

‘मेड इन चाइना’मा राजकुमार राव तथा मौनी राय मुख्य भूमिकामा छन् भने साण्ड की आँखमा तापसी पन्नु तथा भूमि पेडनेकर मुख्य भूमिकामा छन् । रमाइलो कुरा के छ भने यी तीनै अभिनेत्रीहरुले अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका छन् । हाउसफुल ४ लाई वर्षकै उत्कृष्ट फिल्मको रुपमा हेरिएको छ । यो फिल्म सन् २०१९ मा अक्षयको २ सय करोड आम्दानी गर्ने दोस्रो फिल्म बन्न सक्ने अनुमान गरिएको छ । यद्यपि, बाँकी दुई फिल्मलाई पनि कम आँक्नु गलत हुनेछ ।

त्यसो त यसअघिका तिहारहरुमा पनि तीन-तीन वटा फिल्महरु प्रदर्शन नभएका होइनन् । यदि पछिल्लो १० वर्षमा प्रदर्शन भएका फिल्महरुको कुरा गर्ने हो भने ५ पटक त्यस्ता अवसरहरु आएका छन् जब तिहारमा ठूला बजेटका फिल्महरु जुधेका छन् । त्यसो त त्यो जुधाइको नतीजा करिब-करिब उस्तै-उस्तै नै आएको छ । संयोगको कुरा के छ भने सन् २०१९ भन्दा ठिक दश वर्षअघि पनि तिहारमा तीन वटै फिल्महरु जुधेका थिए ।

त्यो बेला १६ अक्टोबरका दिन रोहित शेट्टीद्वारा निर्देशित ‘अल द बेस्ट’ प्रदर्शन भएको थियो, जसमा अजय देवगण तथा सञ्जय दत्त मुख्य भूमिकामा थिए । योसँगै एन्थोनी डिसुजाद्वारा निर्देशित ‘ब्लू’ तथा प्रेम सोनीद्वारा निर्देशित ‘मैं और मिसेस खन्ना’ प्रदर्शन भएका थिए । ‘ब्लू’ मा अक्षय कुमार तथा सञ्जय दत्त मुख्य भूमिकामा थिए भने ‘मैं और मिसेज खन्ना’ मा सलमान खान, करीना कपूर तथा सोहेल खान मुख्य भूमिकामा थिए । प्रतिस्पर्धा निकै रोचक थियो, तर केवल ‘अल द बेस्ट’ मात्र बक्स अफिसमा सफल भयो ।

सन् २०१० को तिहारमा पुनः एक पटक अक्षय खन्ना र अजय देवगणका फिल्महरु जुधे । गोलमाल सिरिजको तेस्रो भाग गोलमाल-३ नोभेम्बर ५ का दिन प्रदर्शन भएको थियो । योसँगै विपुल शाहको एक्सन रिप्ले पनि प्रदर्शन भएको थियो । स्टार पावरको हिसाबले दुबे फिल्म बराबरका थिए, तर दर्शकहरुले गोलमाल-३ सँगै तिहार मनाए ।

सन् २०१२ को तिहारमा नोभेम्बर १३ का दिन बक्स अफिसमा पुनः एउटा ठूलो प्रतिस्पर्धा भयो । यस चोपडा निर्देशित अन्तिम फिल्म ‘जब तक है जान’ तथा अश्विनी धीरको फिल्म ‘सन अफ सरदार’ प्रदर्शन भए । एकातिर शाहरुख खान थिए भने अर्कोतिर अजय देवगण तथा सञ्जय दत्त । दुबैले उस्तै सफलता हासिल गरे ।

सन् २०१६ को तिहारमा करण जौहरको ‘ऐ दिल है मुश्किल’ तथा अजय देवगणद्वारा निर्देशित ‘शिवाय’ प्रदर्शन भए । दुबै फिल्म व्यवसायिक रुपमा सफल भए । त्यसो त ‘ऐ दिल है मुश्किल’ले अझ राम्रो व्यवसाय गर्न सफल भयो ।

दुई वर्षअघिको तिहारमा आमिर खानको ‘सीक्रेट सुपरस्टार’ प्रदर्शन भयो, जबकि ‘गोलमाल अगेन’ त्यसो भोलिपल्ट प्रदर्शन भयो । रोहित शेट्टी निर्देशित ‘गोलमाल अगेन’ तथा अद्वैत चन्दनद्वारा निर्देशित ‘सेक्रेट सुपरस्टार’ दुबै सफल भए । सेक्रेट सुपरस्टारको निर्माण आमिर खानले गरेका थिए । साथै उनी उक्त फिल्ममा विशेष भूमिकामा थिए । गोलमाल अगेन अजयको पहिलो २ सय करोड फिल्म बन्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment