Comments Add Comment

यसरी सार्वजनिक हुँदैछ दबंग ३ को ट्रेलर

बलिउडका सुपर स्टार सलमान खानको नयाँ फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक हुँदैछ । सलमानका प्रशंसकहरु उक्त टे्रलरको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यसपटक सलमानले आफ्नो प्रशंसकहरुलाई विशेष व्यवस्था गरेका छन् । फिल्मको टे्रलरको स्पेशल स्क्रिनिङ गरिंदैछ । उक्त स्पेशल स्क्रिनिङ भारतका विभिन्न ९ शहरहरुमा गर्न लागिएको छ ।

स्पेशल स्क्रिनिङमा सहभागिता जनाउने प्रशंसकहरुले टे्रलर सार्वजनिक भएको आधिकारिक घोषणा हुनुभन्दा अघि नै ट्रेलर हेर्न सक्नेछन् । एउटा समाचारमा जनाइए अनुसार दबंग-३ को ट्रेलरको स्पेशल स्क्रिनिङ चेन्नइ, हैदराबाद, दिल्ली, बैंगलुरु, कोलकाता, जयपुर, अहमदावाद, इन्दौर तथा लखनउमा गरिने ।

मुम्बईमा भने स्पेशल स्क्रिनिङको कार्यक्रम राखिएको छैन । त्यहाँ सलमान खान स्वयंले चुलबुल पाण्डेको रुपमा दर्शकहरुलाई भेट्ने छन् । सलमान खानले मानिसहरुलाई उक्त सरप्राइज जुनै बेला पनि तथा जहाँ पनि दिन सक्ने बताइएको छ । सडकमा हिंडिरहेको बेला चुलबुल पाण्डे जोसंग पनि ठोक्किन सक्ने बताइएको छ ।

अहिलेसम्म फिल्मको ट्रेलर सार्वजनिक नभए पनि मोस पोस्टर भने सार्वजनिक भैसकेको छ, जसमा सोनाक्षी सिन्हा, चुलबुल पाण्डे, सई मांजरेकरलाई परिचय गराइएको छ ।

डिसेम्बर २० का दिन प्रदर्शन हुने यो फिल्मको प्रचार प्रसारका लागि सलमान खानले विशेष तयारी गरिरहेका छन् । यसपटक उनले सलमान खानको रुपमा नभइ चुलबुल पाण्डेको रुपमा नै प्रचार प्रसार गर्ने बताइन्छ । आज पनि सलमा खान चुलबुल पाण्डेकै रुपमा मानिसहरुलाई भेट्दैछन् ।

यसअघि सलमान खानले ट्वीटरमा आफ्नो नाम नै चुलबुल पाण्डे बनाइसकेका छन् । साथै उनले एउटा भिडियो पनि शेयर गरेका थिए, जसमा सलमान चुलबुल पाण्डेको चरित्रमा कुरा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment