Comments Add Comment

एकै दिनमा इन्फोसिसको ५३ हजार करोड कसरी डुब्यो ?

आईटी क्षेत्रको दिग्गज कम्पनी इन्फोसिसको शेयर मंगलबार करिब १७ प्रतिशतले गिरावट आएको छ ।

६ वर्षयता एकै दिनमा आएको यो सबैभन्दा ठूलो गिरावट हो, जसका कारण लगानीकर्ताले करीव ५३ हजार करोड भारु ठूलो घाटा व्यवहोर्नु परेको छ ।

मंगलबार बजार बन्द हुँदा इन्फोसिसको बजार क्यापिटलाइजेशन २.७४ लाख करोड थियो, जुन अघिल्लो सत्रमा यो ३.२७ लाख करोड थियो ।

यो गिरावट कम्पनीको व्यवस्थापनमा गम्भीर आरोप लगाइएको एक दिनपछि आएको हो ।

भारतको दोस्रो सबैभन्दा ठूलो आईटी सेवा कम्पनीले बेनामी ‘विसल ब्लोअर्स’बाट कम्पनीमा गलत प्रथा अपनाइएको गुनासो प्राप्त भएको जनाएको छ ।

‘विसल ब्लोअर्स’ले इन्फोसिसका सीईओ सलिल पारेख र सीएफओ निलन्जन रोयले कम्पनीको आय र नाफालाई बढाइचढाइ गर्न बहीखातामा हेरफेर गर्न खोजेको आरोप लगाएको छ । बोर्डलाई सम्बोधन गरिएका पत्रहरुमा उजुरी गर्नेहरूले अनुसन्धानको माग गरेका छन् । साथै तत्काल कारबाही गर्न अपील समेत गरेका छन् ।

‘विसल ब्लोअर्स’ले लेखेको छ, उनीहरूले आफ्ना आरोपहरू प्रमाणित गर्नका लागि ईमेल र रेकर्डेड भ्वाइस् समेत उपलब्ध गराउन सक्नेछन् ।

इन्फोसिसका अध्यक्ष नन्दन नीलकणीले यस विषयमा अनुसन्धान हुनु पर्ने बताएका छन् । कम्पनीले भनेको छ कि गुनासो कम्पनीको ‘विसल ब्लोअर्स’ नीति अन्तर्गत हेरिनेछ ।

नन्दन नीलकणीले भने कम्पनीको अडिट कमिटीले उक्त आरोपहरुमा स्वतन्त्र छानबिन गर्ने बताएका छन् ।

कम्पनीको एक बोर्ड सदस्यलाई सेप्टेम्बर ३० मा दुई उजुरी प्राप्त भएको नीलकणीले बताए । उक्त उजुरीमा सेप्टेम्बर २० तारीख लेखिएको थियो । नीलकणीले भने, गुनासोको शीर्षक थियो–‘अनैतिक अभ्यासहरू अवरोध गर्ने’ र अर्को उजुरी मिति उल्लेख नगरी दिइएको थियो, जसको शीर्षक थियो–‘ ‘विसल ब्लोअर्स’ कम्प्लेन’ ।

इन्फोसिसकाअध्यक्षका अनुसार, सीईओको अमेरिका र मुम्बईको अन्तर्राष्ट्रिय भ्रमणबारे पनि उजुरीमा आरोप लगाइएको छ ।

स्टक एक्सचेन्जलाई दिएको बयानमा नीलकणीले दुबै उजुरी १० अक्टोबरमा लेखा परीक्षण समितिमो र एक दिनपछि बोर्डका गैर–कार्यकारी सदस्यहरुलाई पठाइएको बताए । नीलकणीका अनुसार, ‘अक्टोबर ११ मा भएको बोर्ड बैठकपछि लेखापरीक्षण समितिले स्वतन्त्र आन्तरिक लेखा परीक्षकसँग प्रारम्भीक अनुसन्धानका लागि वार्ता सुरु गर्‍यो । अडिट समितिले अब अनुसन्धान एक कानून फर्म शार्दुल अमरचंद मंगलदास एण्ड कम्पनीलाई हस्तान्तरण गरिसकेको छ ।’

उनकाअनुसार बोर्डले अनुसन्धानको नतीजाका आधारमा आवश्यक कारबाही अगाडि बढाउने छ । इन्फोसिसका अध्यक्ष नन्दन नीलकणीले स्वतन्त्र अनुसन्धानका लागि सीईओ र सीएफओलाई यी मुद्धाबाट अलग गरिसकिएको बताए ।

विगत दुई वर्षमा ‘विसल ब्लोअर्स’बाट धेरै गुनासा आएका कारण इन्फोसिस विवादमा फस्दै आएको छ । यही कारणले विशाल सिक्काले सीईओको पद छोड्नु परेको थियो ।

‘विसल ब्लोअर्स’ले लेखेको पत्रमा के थियो ?

कम्पनीमा काम गर्ने कर्मचारीले नै उजुरी गरेको हुनसक्ने अड्कलबाजी गर्न थालिएको छ । उजुरीकर्ताले पत्रमा दाबी गरिएको छ, ‘लेखा परीक्षक र कम्पनीको बोर्डलाई महत्वपूर्ण सूचना लुकाइएको छ । कर्मचारीहरूलाई ठूला कारोबारबारे लेखा परीक्षकसमक्ष खुलासा नगर्न निर्देशन दिइएको थियो । भराइजन, इन्टेल र जापानमा जेभी जस्ता दुई ठूला सम्झौता भए जसमा राजश्वको विषय अकाउन्टिङ स्ट्यार्डअनुसार थिएन । सीईअ‍ो समीक्षा र अनुमोदनलाई बेवास्ता गर्दै छन् र बिक्री टोलीलाई अनुमोदनका लागि इमेल नगर्न निर्देशन दिइरहेका छन् ।’

यस पत्रमा उनले यो पनि लेखेका थिए कि ‘पछिल्लो क्वार्टरमा हामीलाई भिसा लागत पूरै नजोड्न भनिएको छ, जसले कम्पनीको नाफा राम्रो देखियोस् । हामीले यसको भ्वाइस रेकर्डिङ्ग पनि गरेका छौं । आर्थिक वर्ष २०१९–२० को त्रैमासिक नतिजाको समय हामीमाथि ५ करोड डलरको अग्रिम भुक्तानी फिर्ताको उल्लेख नगर्न दबाव दिइयो । यले कम्पनीको नाफा कम देखिने छ र शेयरको मूल्यमा असर पार्नेछ ।’

समाचारकाअनुसार महिनाको सुरूमा इन्फोसिसले विश्लेषकहरूसँग सम्मेलन आह्वान गरेको थियो । यसमा, एक विश्लेषकले अनविल्ड रेभेन्यूमा असामान्य वृद्धिबारे प्रश्न गरे र लेखा नीतिमा कुनै परिवर्तन आएको छ कि भनेर सोधेका थिए ।

अनबिल्ट रेभेन्यू भनेको त्यो राजश्व हो, जुन ग्राहकको बिल हुनु अघि थपिन्छ । २०१८–१९ मा यस्तो राजश्व १०–११ प्रतिशत थियो, जुन यस आर्थिक वर्षको पहिलो छ महिनामा २४–२५ प्रतिशतले बढेको छ ।

जवाफमा कम्पनीले भने लेखा नीतिमा कुनै परिवर्तन नगरिएको बताएको छ ।

‘कम्पनीको तस्वीरले चकित पार्नेछ’

यस वर्ष इन्फोसिसले १५ प्रतिशतभन्दा बढी बजार मुल्य प्राप्त गरेको छ ।

तर विश्लेषक अनुराग राणाले एनडीटीभीसँग कुराकानी गर्दै भनेका छन् ‘यदि यी आरोपहरू सत्य साबित भएमा यसले कम्पनीको पुरानो ब्रान्डलाई धेरै नोक्सान पुर्‍याउँछ । विशेष गरी आईटी सेवा उद्योगमा । यसले छोटो अवधिको बिक्रीमा पनि असर गर्नसक्छ । किनभने परियोजनाहरुका लागि ग्राहकहरु नयाँ प्रदायकहरुमा नयाँ हेराई छन् ।’

यी आरोपहरू यस्तो समयमा आएका हुन्, जब इन्फोसिस र टाटा कन्सल्टन्सी सर्विसेज लिमिटेड, जसले विश्वको सबैभन्दा ठूलो बैंक र खुद्रा विक्रेताहरू सफ्टवेयर र सेवाहरू निर्माण गर्दछ, ब्यापारमा गाह्रो अवस्थाबाट गुज्रिरहेको छ । स्वचालन र द्रुत रूपले परिवर्तन भइरहने प्रविधि ट्रन्डसँग जुधिरहेका छन् ।

परम्परागत सेवा सम्झौताहरू अवरुद्ध छन् र डराएका ग्राहकहरू यसमा पैसा लगानी गर्न हिचकिचाएका छन् । सोही महिनामा इन्फोसिसले रिपोर्ट गरेको थियो कि यसको त्रैमासिक लाभ दुई प्रतिशतले घटेको छ ।

यी त्यो चुनौतीहरू हुन्, जुन इन्फोसिसका सीईओ सलिल पारेखले सामना गर्ने प्रयास गरिरहेका छन् । यसका लागि उनले डिजिटल सेवामा काम बढाउने, मूल प्रस्तावलाई पुर्नजीवित गर्ने, कर्मचारीको सीप बढाउन र अमेरिकी बजारमा स्थानीय व्यक्ति भर्ना गर्ने कुरामा जोड दिए ।

तर अमेरिकामा एच-१ बी भिसाको कडाईका कारण बाहिरबाट श्रम जनशक्ति ल्याउन गाह्रो छ ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment