Comments Add Comment

योजनालाई जनतासँग नजोडे विकास हुँदैन : मुख्यमन्त्री पोखरेल

६ कात्तिक, बाँके । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेखरेलले हरेक विकास योजनालाई जनतासँग जोड्नुपर्ने बताएका छन् ।

उनले जनताको साथ विनाका विकास योजना कहिल्यै पनि सफल नहुने भन्दै यसमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्न सुझाए ।

बाकेको खजुरा गाउँपालिकामा प्रदेश ५ मै पहिलो गाउँपालिका स्तरमा बृहत सम्मेलन आयोजना गरिएको खजुरा सम्मेलनको उद्घाटन गर्दै उनले सरकार विकासको गतिमा अघि बढेको प्रष्ट पारे ।

अबको १० वर्षमा खजुरा गाउँपालिकाको भविष्य के हुने भन्ने विषयमा योजना बनाएर लाग्न अनुरोध गर्दै पोखरेलले प्रदेशका अन्य स्थानीय तहमा आफ्नो पहिचान फरक बनाउन आग्रह गरे ।

पालिकाको विशेषता र आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुसारको विकास योजना बनाउन उनको लागि आग्रह छ ।

राज्यले विकास निर्माणका आधारहरु तयार गर्ने भन्दै विकासको काम स्वयम स्थानीय तहको नै भएको बताए ।

उनले भने- ‘सरकारले नीतिसहित बाटो देखाउने हो, घरघर सरकार जान सक्दैन,तपाईंको खेेतमा हलो जोत्न सरकार आउँदैन, विकास गर्ने काम स्थानीय सरकार तपाईं हाम्रै हो ।’

अबको विकास दीर्घकालीनरुपमा प्रविधिमैत्री विकास आवश्यक रहेको भन्दै उनले प्रविधिको उच्चतम प्रयोग गरी सोही अनुसारको विकासमा लाग्न सुझाव दिए ।
विकास लाई अगाडि बढाउनको लागि सबैको हातेमालो गरी उद्यमशीलता विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।

पोखरेलले भने-हामीले छिमेकी देशका प्रधानमन्त्रीको कामको प्रशंसा गर्छौ तर देशका प्रधानमन्त्रीको कुरा काट्छौं,अनि कसरी विकास हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment