Comments Add Comment

लण्डनमा ट्रकमा भेटियो ३९ जनाको शव

काठमाडौं । पूर्वी लण्डनको एसेक्समा एक ट्रकमा ३९ शव भेटिएको छ ।

यो ट्रक बुल्गेरियाको हो र १९ अक्टोबरमा ब्रिटेनको वेल्सको होलिहेडमा देखिएको थियो । यो ट्रक २२ अक्टोबरमा ग्रेज पुग्नुपर्ने थियो ।

बाटरग्लेड औद्योगिक पार्कमा भेटिएको ट्रकमा मृत भेटिएका मध्ये ३८ जना वयस्क छन् भने एकको उमेर २० वर्षभन्दा कम छ । मृतकको पहिचान खुलेको छैन ।

ट्रकका चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनको सम्बन्ध उत्तरी आयरल्याण्डसँग रहेको र उनको उमेर २५ वर्ष रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment