Comments Add Comment

एक्सन रुममा प्रधानमन्त्रीको एक घन्टा

६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तीन मन्त्री र प्रमुख सल्लाहकारसहित झण्डै एक घन्टा एक्सन रुममा विताए । त्यस क्रममा सातवटा राष्ट्रिय गौरव आयोजनाको कार्यप्रगतिबारे भिडियो कन्फ्रेन्सबाट जानकारी लिए ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र प्रमुख सल्लाहकार विष्णु रिमाल एक्सन रुपमा बसेका थिए । प्रधानमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आयोजनाहरुको ब्रिफिङ लिन सुरु गरे ।

त्यसपछि गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानी जमरा र सिक्टा सिंचाइ आयोजना, हुलाकी र मध्यपहाडी लोकमार्गको कार्यप्रगतिबारे जानकारी लिए ।

सबैजसो आयोजनामा कार्ययोजना नजिक–नजिक काम भए पनि प्रधानमन्त्री सन्तुष्ट नदेखिएको एक अधिकारीले बताए । ‘कामले गति त लिएको छ, तर समय सीमाभित्र सक्न अझै गति दिनुपर्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्रीले अझ कामलाई गति दिन निर्देशन दिएको हुलाकी राजमार्गका आयोजना प्रमुख अशोक तिवारीले बताए । ‘लक्ष्यअनुसार ९५ प्रतिशतजति काम भएको छ । तर प्रधानमन्त्रीले कामलाई अझै गति दिनुस् भन्नु भएको छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले सकेसम्म लक्ष्यभन्दा अगाडि, नभए समयसीमाभित्र काम सक्न निर्देशन दिएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति पनि गौरवयोग्य हुनुपर्ने भन्दै उनले समयसीमाभन्दा ढिलो गर्ने छुट कसैलाई नभएको बताए् ।

उनले कामलाई गति दिन मन्त्रालयरुबीच समन्वय आवश्यकतामा जोड दिए । सरोकारवालाहरुलाई परियोजनास्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रुपले अध्ययन र कुनै समस्या आए तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

‘सहज रुपले काम अघि बढाउन कुनै कानुन वा निर्णयले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment