Comments Add Comment

चितवनको भरतपुरमा कात्तिक २३ देखि वर्डक्याम्प

७ कात्तिक, चितवन । अन्तर्राष्ट्रिय आईटी सम्मेलन वर्डक्याम्प चितवनको भरतपुरमा हुने भएको छ । ३०० जना भन्दा बढीको सहभागितामा हुने वर्डक्याम भरतपुर २०१९ कात्तिक २३ गते पानोरोमा गार्डन तेरसाल चोकमा आयोजना हुदैछ ।

वर्डप्रेस भरतपुर समूहको आयोजनामा हुने उक्त कार्यक्रममा विश्वका विभिन्न देश तथा नेपालका विभिन्न जिल्लाबाट आईटी (सूचना प्रविधि) सँग सम्बन्ध राख्ने व्यक्ति तथा विज्ञहरुकोको सहभागी हुने बताइएको छ ।

उक्त कार्यक्रममा वर्डप्रेसलाई कसरी प्रयोग गर्ने, यस क्षेत्रबाट उद्यमी कसरी बन्ने भन्ने बिषयहरुमा छलफल तथा अन्तर्क्रिया हुने आयोजकले जानकारी दिएको छ ।

वर्डप्रेसलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा वर्कशपको साथै आईटी क्षेत्रमा भविष्य खोजिरहेका ब्यक्तिहरुलाई ठूलो अवसर हुने आयोजक संस्थाका इञ्जिनियर सुलभ अधिकारीले बताए ।

यो सम्मेलनमा चितवनको आईटी क्षेत्रको विकास र सम्भावनाका विषयमा पनि छलफल गर्ने अधिकारीको भनाइ छ ।

वर्डप्रेस निःशुल्क खुल्ला स्रोत कन्टेन्ट म्यानेजमेन्ट सिस्टम हो जसबाट ७५ मिलियन भन्दा बढी वेबसाइटहरू अहिले वेबमा छन् । वर्डप्रेसमा काम गर्ने कम्पनी, सफ्टवेयर विकासकर्ता, विद्यार्थी र सो-सँग सम्बन्धित व्यक्तिहरुको समुहद्वारा नियमित रुपमा वर्कशप र सम्मेलन गर्ने गर्छन, त्यहि समूहमध्यको एक हो वर्डप्रेस भरतपुर ।

वर्डप्रेस स्थानीय समूहहरुले नियमित वर्कशप र सम्मेलनको अलावा वार्षिक रुपमा वर्डक्याम्प कार्यक्रम गर्ने गर्छन जसमा सबै वर्डप्रेस र अन्य खुल्ला श्रोत सफ्टवेयरमा आधारित भई देश तथा विदेशबाट आएका विज्ञहरुबाट वर्कशपका साथै प्रस्तुतीकरण दिने गर्दछन ।

नेपालमा काठमाडौँ, पोखरा र बिराटनगर गरि ३ ओटा शहर मा सम्पन्न भइसकेको वर्डक्याम्प भरतपुरमा यसै वर्षदेखि सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment