Comments Add Comment

फेसबुक–इन्स्टाग्रामलाई पछि पार्दै टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकले लगातार आफ्ना प्रयोगकर्ताको संख्या थपिरहेको छ । यहीँ सफलतालाई निरन्तरता दिने क्रममा टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकट सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो ।

एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका सोसल मिडिया एपमध्ये टिकटक पहिलो नम्बरमा रहेको छ । केवल गुगलको प्लेस्टोरमा मात्र नभै एप्पलको एप स्टोरमा समेत टिकटक नै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको हो । फेसबुक र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपहरु डाउनलोड संख्याको आधारमा टिकटक भन्दा पछि परेका छन् ।

रिपोर्ट अनुसार सेप्टेम्बर महिनामा मात्रै टिकटक ६ करोड पटक डाउनलोड भयो । अर्को रोचक तथ्य त के भने यस अवधिमा टिकटक सबैभन्दा धेरै पटक भारतमा डाउनलोड भएको छ । कूल डाउनलोड मध्ये भारतमा झण्डै आधा अर्थात् ४४ प्रतिशत डाउनलोड भएको छ भने अमेरिकाको हिस्सा ८ प्रतिशत रहेको छ ।

दोश्रो स्थानमा रहेको फेसबुकको एप सेप्टेम्बर महिनामा विश्वमा ५ करोड ५ लाख पटक डाउनलोड भयो । फेसबुक पनि यस अवधिमा भारतमा नै सबैभन्दा धेरै पटक डाउनलोड भयो भने । सेप्टेम्बर महिनामा कूल डाउनलोडको २३ प्रतिशत भारतमा भएको छ भने दोश्रो स्थानमा रहेको इण्डोनेसियामा ११ प्रतिशत डाउनलोड भएको छ ।

सबैभन्दा धेरै डाउनलोड हुने एपहरुमध्ये टप फाइभमा इन्स्टाग्राम, लाइकी तथा स्नापच्याट रहेका छन् ।

त्यस्तै हेलो छैटौँ स्थानमा रहँदा ट्वीटर सातौँ, पिन्ट्रेस्ट आठौँ, हागो नबौँ र बिगो लाइभ दशौँ स्थानमा रहेको छ ।

गुगल प्ले स्टोर र एपलको एपस्टोरका टपटेन डाउनलोड भएका एपहरु चाहिँ यस्ता छन्ः

एप स्टोर

  • टिकटक
  • इन्स्टाग्राम
  • फेसबुक
  • स्नापच्याट
  • ट्वीटर
  • पिन्ट्रेस्ट
  • विच्याट
  • क्यू क्यू
  • लिंक्डइन
  • डिस्कोर्ड

गुगल प्ले स्टोर

  • टिकटक
  • फेसबुक
  • लाइकी
  • इन्स्टाग्राम
  • स्नापच्याट
  • ह्वेलो
  • ह्वागो
  • ट्वीटर
  • पिन्ट्रेस्ट
  • बिगो लाइभ

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment