Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगको उपाधि ज्ञानोदय गोल्ड्सलाई

७ कात्तिक, बुटवल । सिद्धार्थ राजशाही र कमल ओलीको उत्कृष्ट बलिङसंगै ज्ञानोदय गोल्डस्ले तिलेत्तमा प्रिमियर लिगको उपाधि चुमेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा मणिग्राम किंग्सलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले उपाधि हात पारेको हो ।

ज्ञानोदयले उपाधिसँगै ४ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको मणिग्राम किंग्सले २ लाख रुपैयाँ जितेको छ ।

बिहीबार ज्ञानोदयले पाएको ८८ रनको झिनो लक्ष्य ९ दशमलव १ ओभरमा भेट्टाएको थियो । ज्ञानोदयका लागि शंकर रानाले २८ बलमा अविजित ४० रनको योगदान गरे । त्यस्तै देव खनालले ३३ रन जोडे ।

पहिले ब्याटिङ गरेको मणिग्रामका ब्याट्सम्यानहरु सिद्धार्थ राजशाही र कमल ओलीको कडा बलिङ सामु लामो समय क्रिजमा टिक्न सकेनन् । सिद्धार्थ म्यान अफ द म्याच भए भने कमल ओली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

मणिग्रामलाई सस्तैमा समेट्न ज्ञानोदयका सिद्धार्थ राजशाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको खेलमा १ मेडनसहित ६ रन मात्र खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिंदै कमल ओलीले पनि ३ विकेट लिएका थिए ।

जितेन्द्र सहनीले ४ ओभरमा २५ रन खर्चिंदै २ विकेट र दिवानपुन र प्रतिस जिसीले समान १ विकेट लिए ।

प्रतियोगितामा सियारी राइनोज अनुशासित टिम, ज्ञानोदय गोल्डस्का शंकर राना म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान घोषित भए । ज्ञानोदयकै प्रतिष जिसी बेष्ट बलर, रुपन्देही पल्टन्स्का विराट भण्डारी उदीयमान खेलाडी, बुटवल युनाइटेडका कुशल मल्ल बढी छक्का हान्ने खेलाडी बने ।

मल्लले प्रतियोगिताभर १३ छक्का हानेका थिए । प्रतियोगितामा प्रदेश ५ का १० टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment