Comments Add Comment

आधारभूत विद्यालय प्रसौनीका प्रधानाध्यापकसहित ५ जना विरुद्ध भ्रष्टचारको मुद्धा

७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका-३१ बेहवामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसौनीका प्रधानाध्यापकसहित ५ जनाविरुद्ध विशेष अदालतमा बिहीबार मुद्धा दायर गरेको छ ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले सो विद्यालयका प्रधानध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

करारमा शिक्षक नियुक्ति गरिदिने विषयमा घुस मागेको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-८ स्थित एक चियापसलबाट घुस रकम लिइसकेको अवस्थामा २०७६ साल भदौ २७ गते उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment