Comments Add Comment

धनगढी उपमहानगरले सञ्चालन गर्‍याे आफ्नै प्राविधिक शिक्षालय

८ कात्तिक, कैलाली । धनगढी उप-महानगरपालिकाले आˆनै प्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ ।

प्राविधिक शिक्षा सञ्चालनका लागि स्वीकृति पाएपछि उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी यसै शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने जानकारी दिएको छ ।

आफै प्राविधिक शिक्षालय संचालन गर्ने धनगढी उप-महानगरपालिका उपत्यका बाहिरको पहिलो स्थानीय तह भएको दावी गरिएको छ । यसअघि भक्तपुरले ख्वपः ईन्जिनियरिङ कलेज सञ्चालन गरेको छ ।

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद -सीटीईभीटी)सँगको साझेदारीमा उप’धनगढी पोलिटेक्निकल इनस्टिच्युट’ नामक प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको उप-महानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए ।

अन्य शिक्षालयमा भन्दा यसमा कम शुल्कमा विद्यार्थीहरुलाई पठनपाठनको ब्यबस्था मिलाइएको मेयर वडको दावी छ ।,

विद्यार्थीले १ लाख ९० हजार रुपैयाँमा नै डिप्लोमा तहसम्मको पढाइ पूरा गर्ने भन्दै पहिलो चरणमा डिप्लोमा तह होटल ब्यबस्थापन र अटो मोवाइल ईन्जिनियरिङको पढाइ हुने मेयर वडले बताए ।

‘धनगढी पोलिटेक्निकल इनस्टिच्युट’सँग अहिले होटल ब्यबस्थापन तर्फ ४० र अटोमोवाइल इन्जिनियरिङतर्फ ४८ कोटा रहेको छ ।

नगरप्रमुख वडका अनुसार अटोमोवाइल इन्जिनियरिङ धनगढी उप-महानगरपालिकाको १९ वटै वडाको लागि एक/एक वटा कोटा निर्धारण गरिएको छ ।

त्यसैगरी यस प्रदेशका ९ वटै जिल्ला लागि एक/एक वटा कोटा निर्धारण गरिएको छ । खुलातर्फ १९ जनाको कोटा छ भने १ कोटा नगरपालिकाको रहेको छ ।

होटल ब्यबस्थापनतर्फ पनि अटोमोवाइल इन्जिनियरिङ जस्तै कोटा निर्धारण गरिएको भए पनि ४० मात्रै कोटा भएकाले खु्लातर्फ ११ जनाको कोटा निर्धारण गरिएको मेयर वडले जानकारी दिए ।

सीटीईभीटीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख डाक्टर कुष्माकर भट्टले धनगढी उप-महानगरपालिकाले प्राविधिक शिक्षामा समेत उदारणीय काम गरेको बताउँदै भक्तपुर बाहेक यस्तो ढाँचामा प्राविधिक शिक्षालय खोल्ने धनगढी नै पहिलो रहेको बताए ।

विद्यार्थी भर्ना आवेदन खुला भैसकेको बताउँदै धनगढी उप-महानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु कोइरालाले सीटीईभीटीको प्रवेश परीक्षा उतीर्ण गरेकाले स्वतः भर्ना पाउने भए पनि नयाँले पुनः भर्ना परीक्षामा सहभागी हुनुपर्ने बताए ।

आवेदन भर्ने समय कात्तिक १७ गतेसम्म रहेको बताउँदै शिक्षा महाशाखा प्रमुख कोइरालाले शनिवार र विदाको समयमा पनि आवेदन भने बुझ्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment