Comments Add Comment

गिनिज बुकमा नाम लेखाएको चर्चित भेडाको मृत्यु

गिनिज बुकमा नाम लेखाउनु कुनै पनि मानिसका लागिसमेत निकै कठीन कुरा हो भने जनावरहरुका लागि गिनिज बुकमा दर्ज हुनु चानचुने पक्कै होइन । दुनियामा मान्छे बाहेकका अरु धेरै यस्ता जनावरहरु पनि छन् जसले आफ्नो विशेष क्षमताका कारण गिनिज बुकमा दर्ज हुने मौका पाएका छन् ।

गिनिज बुकमा नाम लेखाउन सफल एउटा भेडाको हालै मृत्यु भएको छ । सबैभन्दा धेरै ऊन उत्पादन गर्ने भेडाको रुपमा गिनिज बुकमा प्रवेश पाएको क्रिस नामको उक्त भेडाको कीर्तिमान हालसम्म अरु भेडाले तोड्न सकेका छैनन् । सन् २०१५ मा यो अष्ट्रेलियाली भेडाको सरीरबाट ४१ किलो ऊन काढिएको थियो ।

त्यसबेला अत्यधिक ऊन पलाएका कारण क्रिसको ज्यानमाथि नै खतरा पैदा भएको भन्दै उसको जीउका रौँ खौरिएको थियो । र, त्यसक्रममा उसको जीउबाट निकालिएको उनको तौल ४१ किलो मापन गरिएको थियो ।

यो कीर्तिमानी भेँडाको वृद्धावस्थाका कारण मृत्यु भएको उक्त भेडापालन गर्ने संस्था साउथ वेल्स र्फमले पुष्टि गरेको छ ।

क्रिस मरिनो जातको भेँडा हो । यस जातका भेँडाको आयु औषत १० वर्षको हुन्छ । क्रिसको उमेर पनि १० वर्ष पुगेको थियो ।

क्रिसको संरक्षण गर्ने संस्थाले एक विज्ञप्ति जारी गर्दै उक्त भेँडा आफुहरुको लागि केवल भेँडामात्र नभएर निकै महत्वपूर्ण सदसय भएको जनाएको छ ।

यो भेडाको मृत्युमा धेरै जनावरप्रेमीहरुले सोसल मिडियामा दु:ख व्यक्त गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment