Comments Add Comment

शानदार जितसँगै सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले एस्टन भिल्लामाथि शानदार जित हात पारेको छ । यससँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा साविकको विजेता सिटीले एस्टन भिल्लालाई ३-० गोल अन्तरले हराएको हो ।

इत्तेहाद स्टेडियममा भएको खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै राहम स्टलिङले घरेलु टोलीलाई अग्रता दिलाए ।

खेलको ६५ औं मिनेटमा केभिन डि ब्रुयेन र ७० औं मिनेटमा गुन्डोगोनले गोल गरे । निर्धारित समयको खेल सकिन केही मिनेट मात्र बाँकी छँदा फर्नाडिन्होले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाए र सिटी १० खेलाडीमा सिमित भयो ।

जितपछि १० खेलबाट २२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ भने लिग लिडर लिभरपुलको २५ अंक छ र, उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment