Comments Add Comment

ट्रम्पको ट्विट– भर्खरै धेरै ठूलो चिज भयो ! बगदादी मारिएको आशंका

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै धेरै ठूलो चिज (घटना) भएको भन्दै ट्विट गरेको छन् । ट्रम्पको ट्विटमा भनिएको छ, ‘अहिले भर्खरै धेरै ठूलो चिज भएको छ ।’

राष्ट्रपति ट्रम्पले त्यो घटनातर्फ संकेत गरेका छन् कि अमेरिकी सेनाले इस्लामिक स्टेट विरुद्ध गरेको कारबाहीमा सो समूहका प्रमुख अबु बक्र–अल बगदादी मारिएको हुन सक्ने अपुष्ट खबरहरु अन्तराष्ट्रिय सञ्चार माध्यममा आइरहेका छन् ।

अमेरिकी सेनाले सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा इस्लामिक स्टेट विरुद्ध कारबाही चलाएको थियो । यो कारबाहीका लागि सेनालाई राष्ट्रपति ट्रम्पले अनुमति दिएका थिए ।

न्युज विकले अमेरिकी सेनालाई उधृत गर्दै त्यहाँको कारबाहीमा बगदादी मारिएको दाबी गरेको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

चरमपन्थी विद्रोही इस्लामिक स्टेटका प्रमुख बगदादी इराकी नागरिक हुन् । उनी सन् २००३ देखि अमेरिकाको विरुद्धमा लड्दै आइरहेका भूमिगत आतंकवादी नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment