Comments Add Comment

बुटवलमा खुल्यो टोकरी बेकरीको दोश्रो शाखा

प्रकाश सपुतले काटे रिवन र केक !

१० कार्तिक , बुटवल । टोकरी बेकरी दोश्रो शाखा बुटवलमा संचालनमा आएको छ । बुटवल ९ होराइजनचोकमा बेकरीको चर्चित गायक प्रकाश सपुतले रिबन तथा केक काटेर शुभारम्भ गरे ।

करिब ८० लाखको लागतमा आधुनिक शैलीमा टोकरी बेकरी संचालनमा ल्याइएको हो । यसअघि काठमाडौंको सामाखुसीबाट बेकरीले आफ्नो पहिचान र ब्राण्ड स्थापित गरेको थियो ।

रिबन काटेपछि सपुतले नेपालमै पनि रोजगारी सिर्जना गर्न सकिने उदाहरण टोकरी बेकरीले देखाएको भन्दै धन्यबाद दिएका थिए ।

बेकरी डेढ बर्षदेखि काठमाडौंमा संचालनमा आइरहेको थियो । टोकरी बेकरीमा बेकरी जन्य उत्पादनका साथै फास्ट फुडको पनि ब्यबस्था गरिएको संचालक इन्दिरा पौडेलले बताइन् ।

बुटवलमा बेकरीको माग बढेपनि यस्को बजारलाइ अझै ब्यवस्थित बनानुपर्ने उनको भनाइ छ । टोकरी बेकरीमा सीइअो लक्ष्मण ज्ञवालीसहित इन्दिरा पौडेल, सागर पौडेल,राधिका पौडेल, हरि पौडेल लगायतको लगानी रहेको छ ।

टोकरी बेकरी बुटवलमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment