Comments Add Comment

डोनाल्ड ट्रम्पको घोषणा : आईएस प्रमुख बगदादी मारिए

१० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबू बकर अल बग्दादी मारिएको दाबी गरेका छन् ।

आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सेनाको एउटा अपरेसनमा बग्दादी मारिएको दाबी गरेका हुन् ।

यसभन्दा अघि ट्रम्पले आइतबार ट्वीटमा गर्दै ‘केही ठूलो कुरा भयो’ भनेका थिए ।

बग्दादी इस्लामिक स्टेटका प्रमुख हुन् र पछिल्लो पाँच वर्षदेखि अण्डरग्राउण्ड थिए । अप्रिलमा आईएसको मिडिया विंग अल फूरकानले जारी गरेको भिडियोमा उनी जिवित रहेको दाबी गरिएको थियो ।

२०१३ जुलाईमा मसुलको मस्जिदमा भाषण गरेपछि बग्दादी त्यसबला पहिलो पटक देखिएका थिए । फेब्रअरी २०१८ मा पनि अमेरिकी अधिकारीले २०१७ मेमा गरिएको हवाई आक्रमणमा उनी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment