Comments Add Comment

पोग्बा डिसेम्बरसम्म मैदानबाहिर

११ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा डिसेम्बरसम्म मैदानबाहिर नै हुने भएका छन् ।

खुट्टामा चोट लागेपछि पोग्बाले सेप्टेम्बरमा आर्सनलविरुद्धको खेल खेलपछि मैदान बाहिर नै रहँदै आएका छन् । २६ वर्षीय पोग्बा लामो अझै लामो समयसम्म मैदानबाहिर नै रहने म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनर सोलस्कजरले जानकारी दिएका छन् ।

‘उनलाई पूरै निको हुनका लागि समय चाहिएको छ । आशा गरौं उनी निकै चाँडो निको हुने छन्’, प्रशिक्षक गुनरले भने ।

म्यानचेस्टर युनाइटेडले आइतबार राति नर्विच सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । लिगको सातौं स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडले १० खेलबाट १३ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment