Comments Add Comment

सकिब अल हसनको इन्डिया टुर नहुने संकेत

११ कात्तिक, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष नजमुल हसनले कप्तान सकिब अल हसनले इन्डिया टुर छुटाउन सक्ने बताएका छन् ।

एक साताअघि बंगलादेशका क्रिकेटहरुले बीसीबीसँग विभिन्न ११ बुँदे माग राख्दै हड्तालमा उत्रिएका थिए । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले विवाद समाधान गर्नका लागि एकदिवसीय कप्तान मशरफ मोर्ताजालाई जिम्मा दिएकी थिइन् ।

योसँगै भारत टुर नजिक रहेको बंगलादेश क्रिकेट टिम बन्द प्रशिक्षणमा फर्किएका थिए । तर हड्तालको नेतृत्व गरेका सकिब अल हसन भने तीन दिनसम्म पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छैनन् ।

सकिबलाई अभ्यासमा फर्किन बोर्डले प्रशिक्षक रसेल डोमिंगोलाई पनि अनुरोध गरेका थिए । तर सकिब आइतबारको अभ्यासमा पनि आएनन् ।

बीसीबीका अध्यक्षले भनेका छन्, ‘मैले आज पनि सकिबलाई बोलाएको छु । हेरौं उनले के भन्छन् ।’

भारत टुर अघि नै मोहम्मद सैफुदिन चोटको कारण टिमबाहिर रहेका छन् । त्यस्तै, ओपनर ब्याट्सम्यान तमिम इकबल पनि आफ्नो श्रीमतीको डेलिभरी समय परेको कारण भारत टुरबाट नाम फिर्ता लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment