Comments Add Comment

ब्रेक्जिटको समयसीमा लम्बाउन ईयूका नेताहरु सहमत

११ कात्तिक, काठमाडौं । बेलायतलाई युरोपियन युनियनबाट अलग हुने अर्थात ब्रेक्जिटको समयसीमा ३१ जनवरी २०२० सम्म लम्ब्याउन नेताहरु सहमत भएका छन् ।

बेलायतको संसदले यसअघि कुनै सम्झौतालाई अनुमति दिए बेलायत ईयूबाट अलग हुने विश्वास लिइएको ईयू काउन्सिलकाम अध्यक्ष डोनाल्ड टुस्कले बताए ।

यसअघि १९ अक्टोबरमा बेलायतका सांसदले ब्रेक्जिटलाई डिले गर्ने प्रस्तावको पक्षमा मत दिएका थिए । जसका कारण ब्रेक्जिट डिल पास गराउने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदबाट पास हुन सकेन ।

यही कारण जोनसनले ब्रेक्जिट डिलका लागि ईयूसँग थप समय माग्नुपर्ने देखिएको थियो । तर उनले थप समय माग्न अस्वीकार गरे । बेलायतले ब्रेक्जिट डिल वा नो डिलका लागि युरोपीयन युनियनलाई ३१ अक्टोबरसम्म भन्नुपर्ने भयो ।

अब ईयू आफैंले समय बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment