Comments Add Comment

विश्व बैंकको टोली नेपालमा, अर्थमन्त्रीसँग छलफल

१४ कात्तिक, काठमाडौं । विश्व बैंकका ९ जना कार्यकारी निर्देशकसहित उच्चस्तरीय टोली नेपाल आएको छ । टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग बिहीबार भेटवार्ता ग¥यो ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक, सामाजिक तथा जनसांख्यिक र वातावरणीय अवस्थाबारे जानकारी गराएका थिए । प्रतिनिधिमण्डलले नेपालको संघीयता कार्यान्वयनबाट विश्व समुदायले पाठ सिक्न सक्ने धारणा राखेको अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

अर्थमन्त्री डा. खतिवडाले संघीयता अभ्यासका दृष्टिले नेपाल सबैभन्दा कान्छो मुलुक भएको भन्दै कमजोर भू–अवस्थितिका विगत ३ वर्षमा औसत आर्थिक वृद्धि ६.५ प्रतिशतभन्दा बढी रहेको जानाकरी गराए । मुद्रास्फीति ५ प्रतिशत कायम रहेको तथा रोजगारीका अवसर वृद्धि हुँदै गइरहेको भन्दै उनले अर्थतन्त्रमा उत्साहपूर्ण वातावरण सृजना भइरहेको बताए ।

वाह्य क्षेत्रको असन्तुलन, वित्तीय स्रोतको सीमा र क्षमताको अपर्याप्तताका कारण थप आर्थिक वृद्धि हासिल गर्न आगामी वर्षहरुमा चुनौति रहेको उनको भनाइ थियो ।

सरकारको ऋणको अनुपात हाल कुल गार्हस्थ उत्पादनको ३० प्रतिशतमा सीमित रहेकोले गुणस्तरीय आयोजनामा थप वित्तीय स्रोत जुटाई आर्थिक तथा सामाजिक विकासको गतिलाई अझै बढाउन सकिने उनको भनाई छ ।

वित्तीय क्षेत्र तथा उर्जा क्षेत्रको नीतिगत सुधारमा विश्व बैंकको सहयोगको उनले प्रशंसा समेत गरेका थिए । यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको उनको भनाई छ ।

छलफलमा प्रतिनिधिमण्डलको तर्फबाट कार्यकारी निर्देशक जर्ज जाभेज प्रेसाले छोटो समयमै संघीयता व्यवस्थापनमा नेपालले हासिल गरेको उपलब्धिको प्रशंसा गरेका थिए । वित्तीय संघीयता व्यवस्थापनबारे नेपालले गरिरहेको कामबारे बुझ्न विश्व बैंकमा रहेको कुल मताधिकारको करीब ५० प्रतिशत र करीब १०० देशहरुको प्रतिनिधित्व गर्दै प्रतिनिधिमडण्ल नेपाल आएको उनले जानकारी गराए ।

छलफलमा विश्व बैंकको टोलीले संघीयता कार्यान्वयन, कर प्रणाली, वाह्य क्षेत्रको जोखिम, नागरिकका उच्च अपेक्षाको व्यवस्थापन, निजी क्षेत्रको भूमिका बढाउने प्रयास र नेपालको संघीयता कार्यान्वयनमा विश्व बैंकबाट कस्तो अपेक्षा गरिएको छ भन्ने जस्ता विषयमा अर्थमन्त्रीसँग जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment