Comments Add Comment

नक्कली र सक्कली मह कसरी छुट्याउने ?

मह मानव स्वास्थ्यको लागि फाइदाजनक खाने कुरा हो । यसको माग पनि बजारमा यही कारणले धेरै हुने गर्छ । यही आवश्यकताका कारण अर्गानिक मह भन्दै बजारमा नक्कली महको बिगबिगी पनि धेरै छ । महको शुद्धताबारे जानकारी नभएकाहरु बजारमा विभिन्न बाहामा ठगिने गरेका हुन्छन् । चिनी पानीमा मौरीको चाका भिजाएर ‘शुद्ध मह’ भन्दै बेच्ने गरिन्छ । आफ्नै अगाडि चाकाबाट निकालेको मह भएकोले त्यसलाई धेरैले विश्वास गर्ने गर्छन् । त्यसैले अर्गानिक र शुद्ध महको कस्तो हुन्छ ? भन्ने जान्नु जरुरी हुन्छ । त्यसको शुद्धता परीक्षणको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

१. तातो पानी बताइदिन्छ नक्कली वा सक्कली मह

महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो । यसको लागि काँचको गिलास या कचौरामा तातो पानी भर्नु पर्छ । त्यसमा एक चम्चा मह हाल्नुपर्छ । त्यो मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ । मिसावटी मह बनाउनको लागि चिनी या सख्खरको प्रयोग गरिन्छ । त्यसैले त्यो पानीमा घुल्छ ।

२ आगोमा जल्छ शुद्ध मह

यदि पानीबाट जाँच गर्न सकिएन भने यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । यसको लागि पहिले एउटा मैनबत्ती जलाउनुहोस् र त्यसमा एउटा काठमा कपास राखेर त्यसको बाहिर मह दल्नुहोस् । त्यो मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । त्यदि त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।

३. टिस्यु पेपरबाट पत्ता लाग्छ महको शुद्धता

महको शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ । यसको लागि टिस्यु पेपरमा महको एक एक थोपा हाल्नुपर्छ । यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने त्यो पेपरको माथि नै रहन्छ ।

४. पाउरोटीको सहयोगबाट परीक्षण

दैनिक खाने पाउरोटी पनि महको परीक्षणमा सहायक हुने गर्छ । शुद्ध मह पाउरोटीमा लगाउँदा त्यो कठोर हुने गर्दछ । जबकी मिसावट भएको मह पाउरोटीमा लगाउँदा झनै नरम हुने गर्दछ ।

५. औलाको सहयोगले जाँच

महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ  । यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । शुद्ध मह दुबै औंलामा टाँसिएर बसेको हुन्छ । त्यसैले यसमा तार बन्ने गर्छ । तर, मिसावटी मह त्यसै फाटिने गर्छ ।

६. पानी र भेनेगरबाट गरौं परीक्षण

काँचको गिलास या कचौरामा एक ठूलो चम्चाको एक चम्चा पानी हाल्नुपर्छ । त्यसमा २/३ थोपा सिरका र थोरै पानी हालेर राख्नुपर्छ । दुई तीन मिनेटसम्ममा त्यसमा फोका उठ्न थाल्यो भने जान्दा हुन्छ कि महमा मिसावट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment