Comments Add Comment

भक्तपुरको प्रदेशसभा उम्मेदवारमा नेकपाका चार नेता सिफारिस

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि चारजनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश ३ कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीबाट सिफारिस भएका ३ जनामा एक महिला थप गरेर चार जनाको नाम सिफारिस गरेको हो ।

प्रदेश कमिटीका सचिव आनन्द पोखरेलका अनुसार भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ को सदस्य उपनिर्वाचनका लागि रमेश बुढाथोकी, डिपी ढकाल, मोहनवीर श्रेष्ठ र नारायणी फुयालको नाम सिफारिस गरेको हो । यसअघि भक्तपुर जिल्ला कमिटीले भने फुयालबाहेक तीनजनाको मात्र नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको थियो ।

पार्टी केन्द्रीय सचिवालयले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेकाले प्रदेश पदाधिकारी बैठकले महिलाको नाम थपेर पठाएको प्रदेश सचिव पोखरेलले बताए । सिफारिस भएकामध्ये ढकाल पूर्वमाओवादी हुन् भने अन्य तीन जना पूर्वएमाले हुन् । सिफारिस भएकामध्ये ढकाल नेकपा भक्तपुर जिल्ला कमिटी सचिव हुन् । रमेश बुढाथोकी र मोहनवीर श्रेष्ठ दुवैजना नेकपाका भक्तपुर जिल्ला सचिवालय सदस्य हुन् । ०५४ सालको स्थानीय चुनावमा मोहनवीर साबिक चाँगुनारायण गाविसको अध्यक्ष र रमेश बुढाथोकी उपाध्यक्ष निर्वाचित भएका थिए ।

चाँगुनारायण नगरपालिका पूरै र भक्तपुर नगरपालिकाको १० नम्बर वडा समिटएको सो प्रदेशसभामा दुई वर्षअघि सम्पन्न प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए ।  लामिछानेकाे निधनपछि यहाँ उपचुनाव हुन लागेकाे हाे ।

भक्तपुरको उपचुनावमा साझा पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ । नेपाली कांग्रेसले पनि आइतबार उम्मेदवार तय गर्ने तयारी गरिरहेको छ । नेकपाले कसलाई उम्मेदवारी दिने भन्ने आजै टुंगो लगाउने भएको छ ।

याो पनि पढ्नुहोस्

साझा पार्टीले भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार बनाउने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment