Comments Add Comment

कांग्रेसमा उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले कास्की २ को प्रतिनिधिसभा निर्वाचन उम्मेदवार र दाङ तथा बागलुङको प्रदेशसभा निर्वाचनको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । का‌ंग्रेसको धरान उपमहानगरपालिका समिति, क्षेत्रीय समिति र जिल्ला समितिले उनको मात्र नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment