Comments Add Comment

भन्सार छलेर ल्याएको धान र गहुँसहित एक जना पक्राउ

१५ कात्तिक, वीरगञ्ज । पर्साबाट प्रहरीले अवैधरुपमा भारतबाट भित्र्याएको २ ट्याक्टर धान १/१ ट्याक्टर ढुटो र गहुँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अवैध धान गहुँ पैठारी कार्यमा संलग्न पर्साको छिपहरमाई गाउँपालिका-२, टिहुकी बस्ने ३५ वर्षीय रामबाबु साहलाई नियन्त्रणमा लिएको हो ।

अवैधरुपमा भंसार छली गैरकानुनी तवरले अत्याधिक मात्रामा ट्रयाक्टरमार्फत धान पैठारी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली शुक्रबार बिहान छिपहरमाई-२ टिहुकी पुगेको थियो ।

त्यसक्रममा प्रहरीले अवैध धान लोड भएको ना४त ७८५७ र ना४त ९१०५, गहुँ लोड भएको ना७त ३२४१ र धानको ढुटो लोड भएको ना२त ४०३६ नं.को ट्रेलरसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अवैधरुपमा धान तथा गहुँ भित्र्याउने कार्यमा संलग्न रहेको प्रमाणको आधारमा साहलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले जानकारी दिए ।

उनलाई बरामद ट्याक्टरमा लोड गरिएको अवैध धान र गहुँ सहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment