Comments Add Comment

कोशीमा हाम फालेकी महिलाको प्रहरीद्वारा उद्धार

१५ कात्तिक, सप्तरी । कोशी नदीमा हाम फाल्ने प्रयास गरेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ कोशी व्यारेजस्थित ५२ नम्बरको ढोकाबाट कोशी नदीमा हाम फालेकी महिलाको इलाका प्रहरी कार्यालय भारदहको टोलीद्वारा शुक्रबार उद्धार गरिएको छ ।

सप्तरीकै खड्ग नगरपालिका १० बनौली निवासी २१ बर्षीया मनिषा चौधरी कोशीमा हाम फालेलगत्तै नजिकै छठ पर्व मनाउन कोशी नदीको तट सरसफाइ गर्न जुटेको प्रहरी टोलीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

उनको भारदह अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment