Comments Add Comment

आफ्नी ५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती

हाम्रो समाजमा जब छोरीहरु २०/२२ वर्ष पुग्दछन् तर बाबुआमाले उनीहरुका लागि योग्य वर खोज्न सुरु गर्दछन् । छिमेकी मुलुक भारतमा पनि अवस्था त्यहीँ नै छ, आम रुपमा । तर अहिले सोसल मिडियामा भारतकी एकजना युवतीले तहल्का मच्चाइरहेकी छिन् । आफ्नी ५० वर्षे आमाका लागि ट्वीटर मार्फत योग्य बेहुलाको खोजी गर्दै उनले तस्वीर अपलोड गरेपछि त्यो भाइरल बनिरहेको छ ।

हो, ट्वीटरमा अहिले एकजोडी आमा छोरीको तस्वीर निकै चर्चित बनिरहेको छ । यो तस्वीर यसकारण विशेष छ कि त्यसमा देखिएकी छोरीले आमाचाहीँका लागि योग्य वरको खोजी गरिरहेकी छिन् । आस्था वर्मा नामकी ती युवतीले आफ्नी आमासँगको उक्त तस्वीर ट्वीटरमा पोष्ट गर्दै ५० वर्षकी आफ्नी आमाका लागि एकजना उपयुक्त श्रीमानको खोजी गरिरहेकी बताएकी छिन् ।


उनले आमाका लागि वरको खोजी गर्दै सम्भाव्य उम्मेदवारका सन्दर्भमा केही शर्त पनि राखेकी छिन् । उनका अनुसार उनको हुनेवाला पिता शाकाहारी हुनुका साथै रक्सी नपिउने हुनु आवश्यक छ । यसका साथै आर्थिक रुपमा सम्पन्न हुनु पर्ने शर्त पनि उनले राखेकी छिन् ।

कानून विषयकी छात्रा रहेकी ती युवतीको उक्त ट्वीट निकै भाइरल बनिरहेको छ । धेरै ट्वीटर प्रयोगकर्ताहरुले त्यसमा लाइक, रिटि्वट तथा कमेन्ट गरिरहेका छन् । धेरै प्रतिक्रियाहरु भावुक बनाउने खालका पनि छन् ।

३१ अक्टोबरका दिन उनले गरेको उक्त ट्वीटमा अहिलेसम्म साढे ५ हजार कमेन्ट्स, साढे ६ हजार रिट्वीट र २८ हजार लाइक्स प्राप्त भैसकेका छन् । प्रतिक्रिया दिनेमध्ये कतिपय पुरुषहरुले त आफु आस्थाको पिता बन्न तयार रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment