Comments Add Comment

कास्की २ मा राप्रपाबाट रोमबहादुर भण्डारी उम्मेदवार

१७ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । राप्रपाको आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको केन्द्रीय सदस्य भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राप्रपाको बैठकले उपनिर्वाचन हुने प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये बागलुङ र दाङका उम्मेदवार पनि तय गरेको छ । दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । भक्तपुर १ (क) को हकमा भने राप्रपाले उम्मेदवार चयन गरेको छैन ।

उपनिर्वाचन हुने स्थानीय तह अन्तर्गत नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको पनि श्रेष्ठले जानकारी दिए ।

आइतबार बसेको बैठकले उपनिर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गर्न कास्की २ मा अध्यक्ष कमल थापा नै जाने भएका छन् । थापाको नेतृत्वमा उपाध्यक्ष राजीव पराजुली, उपाध्यक्ष तोरण गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङ र कास्कीबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरुको सहभागी हुने निर्णय पनि गरेको छ ।

दाङको प्रदेशसभामा उम्मेदवारी मनोनयन दर्ता गर्न वरिष्ठ नेता दीपक वोहराको नेतृत्वमा उपाध्यक्ष प्रेमबहादुर भण्डारी, महामन्त्री डा. धवल शमसेर राणा, प्रदेश नं. ५ का अध्यक्ष प्रदीप कुमार उदय र सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यहरु जानेछन् ।

भक्तपुर १ (क) मा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, उपाध्यक्ष रोशन कार्की, महामन्त्री राजेन्द्र लिङ्देन, प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापा र उपत्यकाका केन्द्रीय सदस्यहरु मनोनयन दर्ता गराउन जानेछन् भने वागलुङ क्षेत्र नं. २ (ख) मा उपाध्यक्ष भीमप्रसाद गौचनको नेतृत्वमा दिलविकास राजभण्डारी र देवी कँडेल मनोयन दर्ता गराउन जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment