Comments Add Comment

महिला हिंसा अन्त्यका लागि प्रदेश १ सरकारको प्रतिबद्धता

१८ कात्तिक, विराटनगर । प्रदेश १ का सरकारले लैंगिक हिंसा अन्त्य गर्ने  तिबद्धता व्यक्त गरेको छ । मुख्यमन्त्री, मन्त्री, सभामुख, एवंम सांसदहरुले लैंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संघीय मन्त्रालयले सोमबार विहान विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममार्फत उनीहरुले सामुहिक प्रतिबद्धता गरे ।

कार्यक्रममा प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधहरुले पनि लैंगिक हिंसा हुन नदिने र आफूले पनि नगर्ने प्रतिबद्धता सार्वजनिक समारोहमार्फत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले जुुनसुकै हिंसालाई पनि प्रशय नदिने गरि प्रदेश एक सरकारले कानून बनाएर कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघीय सरकारका महिला वालवालिका एवंम जेष्ठ नागरिकमन्त्री थममाया थापालेे महिला हिंसामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले जस्तोसुकै पद र ओहोदामा रहे पनि महिलामाथि हिंसामा संलग्न हुनेलाई सरकारले उन्मुक्ति दिन नसक्ने बताइन् । सरकार महिला हिंसा अन्त्य गर्नका लागि संवेदनशील भएको बताइन् ।

महिलामाथि हुने सबै खाले हिंसाको अन्त्यका लागि महिलालाई हेर्ने दृष्टिकोण फेरिनुपर्नेमा मन्त्री थापाले जोड दिइन् ।

लैगिंक हिंसा विरुद्धको अभियान वर्ष २०७६ लाई गाउँसम्म पुर्‍याउन सरकारले कार्यान्वयन कार्ययोजना निर्माण गरेर सुझाव संकलन गरिरहेको मन्त्री थापाको भनाइ थियो ।

संघीय सरकारले यस वर्ष लैंगिक हिंसाविरुद्धको विशेष अभियान संचालन गरेको छ । जसअन्तर्गत सुरुमा २ सय स्थानीय सरकारमार्फत बृहत अभियान संचालन गरी सम्पूर्ण स्थानीय तहमा पुुग्ने गरी मन्त्रालयले योजना बनाएको सचिव चन्द्र घिमिरले जानकारी दिए ।

उनले मन्त्रालयले लैगिंक हिंसाविरुद्धको अभियान वर्ष २०७६ लाई लक्षित गरी तीनवटै तहका सरकारलाई जिम्मेवारी बनाउने लक्ष्य राखेको छ ।

कार्ययोजनामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहस्तरमा अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment