Comments Add Comment

काँसको थालमा खाना खाँदा स्वास्थ्यलाई फाइदा  

खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ । खाना कसरी खान्छौं त्यसले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ ।

पछिल्लो समय प्लास्टिक हाम्रो जीवनको एउटा अंग बनिसकेको छ । यसले हाम्रो जीवनमा गम्भीर किसिमका रोगहरु पनि निम्त्याउँदै छ । जस्तै, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरु हामीले प्लास्टिककै कारण निम्त्याउने गरेका छौं । यस्तो समस्याको बारेमा जनचेतना जगाउँदै गर्दा पनि यसको प्रयोग भने बढिरहेको छ ।

धातुको भाँडावर्तन लाभदायक

धातुका भाँडाहरु खानेकुराको प्रकृति अनुसार मिलाउन सके यो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । त्यसमा पनि काँसका भाँडाहरु बहुउपयोगी हुने गर्छन् । यसको प्रयोग सबैभन्दा पहिले संहिता कालदेखि सुरु भएको पाइएको छ । त्यही समयदेखि धेरैले यसको प्रयोग गर्दै आएको छन् ।

यो धातुहरु मध्येको विशिष्ठ किसिमको धातु हो । काँसमा कपरको मात्रा ७८ प्रतिशत र टिनको मात्रा २२ प्रतिशत हुन्छ । यी दुई धातुलाई ७०० सेन्टिग्रेटसम्म तताएर शुद्ध चरेस बनाउन सकिन्छ । यो आफैंमा नरम किसिमको धातु हो । यसको नरमपनाको कारणले नै यसलाई विभिन्न किसिमका हस्तकलाहरुमा पनि प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग खाना खाने थाल, पानी पिउने अम्खरा जस्ता भाँडाकुडा बनाउन पनि प्रयोग गरिन्छ । यस्तोमा खाना राखेर खानु स्वास्थ्यको लागि समेत फाइदाजनक मान्ने गरिन्छ ।

कपर वा पित्तलको भाँडोमा अमिलो खानेकुराहरु राख्न या पकाउनु स्वास्थ्यको लागि हानिकारक मानिन्ट । यी धातुले अमिलो पदार्थ, नुन र कागतीसँग मिल्दा रासायनिक प्रतिक्रिया गराउने भएकोले यी भाँडाहरुमा यस्ता खानाहरु खानु हुँदैन ।

यस्ता खाना पकाउनको लागि त्यही भएर पनि यी भाँडाहरु सिफारिस गर्ने गरिँदैन । तर, काँसको भाँडामा बढी अम्लीय पदार्थ भएका खाद्य पदार्थ पनि रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैले यो भाँडा खाना खान र पकाउनको लागि राम्रो मानिन्छ ।

काँसका भाँडाका फाइदाहरु

आयुर्वेद प्रकाश नामक ग्रन्थका अनुसार काँसको भाँडामा खाना पकाउँदा या खाँदा निम्न फाइदाहरु हुन्छन् ।

शुद्ध हुने

कुनैपनि मानिसलाई स्वस्थ राख्नको लागि उनीहरुले खाने भाँडा र पकाउने भाँडा कस्तो छ ? त्यसको पनि असर हुन्छ । यसले पौष्टिकतामा मात्रै नभएर स्वादमा पनि प्रभाव पार्ने गर्दछ । मानिसको शारीरिक स्वस्थको आधार खानाको पाचन प्रणालीसँग जोडिएको हुन्छ । खानाको पाचन प्रणाली सहज र सरल बन्नु नै स्वास्थ्यको पहिलो आधार हो । काँसको भाँडा वा चरेस मिसाइएको भाँडामा खाना पकाउँदा त्यो खाना आफैंमा शुद्ध हुने गर्छ । त्यसले यसले शरीर भित्र पुगेपछि हुने पाचन प्रणालीलाई पनि सहयोग पुर्‍याउँछ ।

यो हाम्रो शरीरको लागि असाधारण स्वास्थ्यबर्द्धक सम्पत्ति पनि हो । आयुर्वेदिक भौतिक शास्त्रीहरुले समेत काँसमा खाना खानुलाई एक किसिमको चिकित्सा विधिको रुपमा चर्चा गरेका छन् । यसले शरीरमा प्रवेश गर्ने सम्भावना रहेका जीवाणुहरुलाई मारेर खानालाई हाइजनिक बनाइराख्न मद्दत गर्छ ।

संस्कृत वाक्यांशमा ‘कांस्यांम् बुद्धिबर्धकम्’ भनिएको छ । जसको अर्थ कांस्य धातुमा खाना खाने वा पकाउनु बुद्धिकर्धक हुने गर्दछ भन्ने हुन्छ । यस्तो शुद्ध धातुमा खाना खानुले रोग प्रतिरोधात्मक क्षमताको समेत विकास हुने सो शास्त्रमा उल्लेख छ ।

कसरी हुन्छ यसको काम ?

यसलाई राम्रोसँग प्रयोग गर्न सकेको खण्डमा यो स्वास्थ्यको लागि एकदमै स्वास्थ्यबर्द्धक हुने गर्छ । यसलाई कसरी प्रयोग गर्ने ? भन्ने सम्बन्धमा ३ वटा विषयहरु आउने गरेका छन् ।

१. कुनैपनि काँसको भाँडोमा कम्तिमा ८ घण्टासम्म पानी भिजाएर राख्न सकिन्छ । त्यसले भोक लागेको बेलामा पौष्टिक खाजा खाएको जति सन्तुष्टि र तागत दिने गर्छ ।

२ यस्तो पानी बासी हुने गरी राख्नु हुँदैन । यसरी समय मिलाएर खान सकेको खण्डमा हामीलाई हुनसक्ने डायरिया, जण्डिस जस्ता रोगहरु बिरुद्ध लड्न पनि मद्दत गर्ने गर्छ ।

४. यसलाई दिमागी शक्तिवर्द्धक औषधि पनि मान्ने गरिन्छ ।

४. यसकाका भाँडाहरूबाट पिउने र खानपान गर्नु थाइराइड ग्रन्थीका लागि उत्तम मानिन्छ ।

५. काँसको भाँडा अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्नको लागि दैनिक प्रयोग गर्न सकिन्छ । यसले पनि हेमोग्लोबिनमा सुधार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment